बाबुआमा रुवाउने छोराछोरी

श्रृजना आचार्य

एक दिनम साथी रामशरणजीसँग कुनै कामले कलंकी गएको थिए । बाटोमा हिड्दै थियौ, रामशरणजीको अंकल बाटोमा भेटिनुभयो । अंकलको घर नजिकै रहेछ । उहाँको आग्रहमा हामी दुवैजना अंकलको घरमा गयौं । रामशरणजी र अंकलकाबिचमा चिया खाँदै पारीवारीक कुराकानी हुन थाल्यो । त्यही बिचमा अंकलले रामशरणजीलाई सोध्नुभयो, ‘तिम्रो आमा कोसँग बस्नु हुन्छ, भाईसंग कि तिमीसंग ?’
रामशरणजीले त्यसको जवाफ मैले अपेक्षा गरे भन्दा फरक दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी आमासँग छौं ।’ जीवनमा मैले पहिलोपटक यस्तो जवाफ सुनेको थिएँ । आधुनिकीकरण हुदै गएको अहिलेको समयमाअभिभावक र छोराछोरीको पुस्तामानिकै ठूलो ग्याप देखिन्छ । छोराछोरीकै लागिआफ्नो जीवन भरको परिश्रम लुटाएका आमाबाबु बुढेसकालमा उनै छोराछोरीका लागि घांडो बन्न थालेका छन् । आमाबुवा कसले पाल्ने छोराहरुका बिचमा निकै ठूलो समस्या बन्ने गरेको छ । संगै बसेका कतिपय परिवारमा पनि आमाबुवाप्रति छोराछोरीको अपनत्व देखिदैन । यस्तो अवस्थामा मैले सुन्ने गरेको जवाफ केहो भने, आमाबुवा हामीसंग हुनुहुन्छ । अथवा ठेट अर्थमा भन्नुपर्दा आमाबुवालाई हामीले पालेका छौं ।
सानोमा आमाबुवाप्रति निर्भर रहेका उनै छोराछोरी उमेरले ठूलो हुनासाथ बडो गर्वले भन्ने गर्छन्,आमाबुवा मैले पालेको छु । मैले सामान्यतया सुन्ने गरेको जवाफ र रामशरणजीले दिनुभएको जवाफमा शाब्दिक रुपमा धेरै भिन्नता नहोला, शब्दहरु अगाडि पछाडि मात्र पारिएको छ । तर त्यसको अर्थमानिकै ठूलो मर्म लुकेको छ । आमाबुवाप्रतिको सम्मान लुकेको छ । सानैमा मलाई

हुर्काउनुभएकी मेरो मामाघरको हजुरआमावाई म फोन गर्दिन । हजुरआमाप्रति माया नभएर होइन । फोन गर्न मन नलागेर पनि होइन । फोन गर्योकी हजुरआमा रुन थाल्नुहुन्छ । के गर्दै हुनुहुन्छ हजुरआमा भन्यो भने, ए बाबु, म बुढी मर्न नसकेर बांचेकी छु । मलाई लिन कालपनि किन आउंदैन? भन्नुहुन्छ । हजुरआमाले यस्तो किन भन्नुभयो म यसको कारण बुझ्छु । उहांको यो शब्दमाकति पिडा लुकेको छ म त्यो यहां ब्यक्तगर्ने शब्द भेट्दिन । त्यो पिडा महशुस गर्न सक्ने सामथ्र्य मसंग छैन त्यसैले म फोन गर्न डराउंछु । कहिले काहीं ठूलो मामालाई फोन गरेर हजुरआमाको हालखबर सोध्छु ।
अहिले हजुरआमा ८४ वर्षको हुनुभयो । स्याङ्जा मूलघर भएपनिदाङमा बस्नुहुन्छ । किनकीउहांकादुई छोरा जागीरको शिलशिलामा स्याङ्जावाट दाङ आउनुभएको थियो पछि त्यतै स्थायी बसोबास भयो । स्याङ्जामा उहांहरुको ठूलै थाँतथलो छ । रैकरे भनेपछि स्याङ्जा जिल्लामा उहांहरुलाई नचिन्ने सायदै थिए होलान् । आर्थिक रुपमापनि सम्पन्न । स्यागंजा तुलसीभञ्ज्यागं गाविसमा पर्ने जिमुहामा रहेको मेरो मामाघर मलाई पनि कम्ति माया लाग्दैन । किनकी मेरो बाल्यकाल त्यही गाउंमा बित्यो । हजुरवुवा जिवित हँुदासम्म र हजुरआमाले आफ्नो सेरोफेरो सम्हाल्न सक्ने हुदासम्म बुढाबुढी गाउंमै बस्नुभयो । ११ वर्षको उमेरमा स्याङ्जाको खहरेबाट विवाह गरेर आएपछिका सबै जिवनहजुरआमाले त्यही घरमा विताउनुभयो ।
तीनवर्ष भयो हजुरआमा दाङ छोराहरुको रेखदेखमा आउनुभएको । ११ वर्षको उमेर देखि संगै विताएका उहांकापति (ओमप्रकाश ज्ञवाली) ले छोडेर गएपछि हजुरआमा एक्लिनुभयो। जिवनको उत्तरार्धमा पुग्नुभएकी हजुरआमाको शरीर सिथिल हुदैगयो ।मैले मेरो बाल्यकालको केही समय मात्र विताएको त्यो जिमुहामलाई त कतिप्यारो छ भने मेरो हजुरआमाले त्यो श्रृष्टि गर्नुभएको हो । आफ्नो खेतबारीका प्रत्येक माटोका डल्लोलाई सुम्सुम्याउनुभएको छ । तीनतले घरको कुनै कण छैनहोला मेरी हजुरआमाले नछोएको होस् । जिमुहाको त्यो डगर (बाटो)मलाई अहिले पनियाद छ, काब्रोको जरा कहांनिर जमिनमाथि निस्केको छ कहांनिर ओरालो छ कहांको ढुंगा अलि ठुलो छ ? हजुरआमाको त त्यहां आत्मा बसेको छ । त्यो सबै चटक्क छोडेर दाङको एउटा कोठामा सिमित हुनुपर्दा कति औडाहा हुदो हो ?
अहिले त्यहांको घरको रेखदेख गाउंकै कोहीअर्कै मान्छेले गरेको छ । हजुरआमाले मायाले सुम्सुम्याएका पाखापखेरा, खेतबारी त्यसै छन् । हजुरआमाले आफ्नो चौरासी पुजा गाउंमै गर्ने इच्छा ब्यक्त गर्नुभएकाले गएको वैशाख महिनामा त्यहांको अन्तिमदर्शन गर्नुभयो । पुजा सकेर फेरी दाङफर्किदा सारा गाउं रोएको दृष्यनिकै कारुणीक थियो । गाउंकै अभिभावक बनेर बस्नुभएका हजुरबुवा उपचारको लागि चितवन आउनुभएको फेरी फर्कनुभएन । हजुरआमाले पनि गाउं छोड्दा सारा गाउं रोएको थियो ।
मेरो विवाहभएको चार वर्ष पुरा भयो । विवाहभएको एक वर्ष पछि मेरो ससुरा बित्नुभयो । अहिले झापामा रहेको घरमा सासु र एक जना अविवाहित नन्दमात्र बस्नुहुन्छ । सासुका दुई छोरा र हामीबुहारी जागीरको शिलशिलामा काठमाण्डौमै छौं । बांकी तीन छोरीको झापा आसपासमै बिबाह भएको छ । गएको पुषमहिनामा सासुआमा काठमाण्डौ घुम्न, छोरा बुहारी बसेको ठाउं देख्न भनेर आउनु भयो । लामो समय घुम्ने, बस्ने भनेर आउनुभएको उहां एक सातामै झापा फर्कनुभयो । काठमाण्डौ आए देखि नै सासुआमालाई स्वास्थ्यले साथ दिएन । यहां बसुन्जेलपनि घरकै कुरा गर्न छोड्नुभएन । गाई कसले हेर्यो होला, दुध कसले दुहिदियो होला? उहांलाई घरको चिन्ताले छोडेन ।
उमेरले ६० वर्ष पार गर्नुभएकी बुढीआमा र नन्दलाई मात्र घरमा छोड्दा हामीलाई पीडा हुन्छ । हामीले आमा अब काठमाण्डौमै बस्नुपर्छ भन्छौं । तर उहांले मेरो हातखुट्टा चल्दा सम्म झापा छोड्दिन भन्नुहुन्छ । हामी काठमाण्डौ छोड्न नसक्ने आमा झापा छोड्न नसक्ने । यहां पनि विरोधाभाष छ । अहिलेको पुस्ताले कतै आधुनिक बन्ने होडमा, पैसा कमाउने होडमा होस वा करियर बनाउने होडमा होस अभिभावकतर्फ फर्केर हेर्न सकेका छैनौं । हामी अगाडी मात्र फर्केका छौं । पछाडी अभिभावकको अवस्थाकस्तो छ हामीलाई हेर्ने फुर्सद छैन । जिवनभर छोराछोरीका लागि भनेर पसिना बगाएका आमाबुवाहरु आधुनिकताको नाममा एक्लिदै गएका छन् । उनीहरुको उत्तरार्ध झन कठिन हुदै गएको छ ।
एउटै छाना मुनी बसेका अभिभावक र छोराछोरी बिचमापनि सौहार्दता देखिदैन । मामामाइजु संगै रहनुभएकी मेरी हजुरआमाले आफ्नो छोरा कतिवेला काममा गएकति वेला घरमा फर्किए भन्ने समेत थाहा पाउनुहुन्न । एकल परिवारको संस्कार बिकास हुदै गएको हाम्रो समाजमा बुढाबुढीका लागिबांच्न समेत कठिन हुनथालेको छ । हामी आधुनिकतात स्वीकार गर्दै गएका छौं तर त्यसको लागिहाम्रो सामाजिक वातावरण अनुकुल भइसकेको छ की छैन भन्ने हेक्का भने राख्न सकेका छैनौ । विदेशमा वृद्धवृद्धाका लागि राज्यले नै सुविधा तोकिदिएको छ । हाम्रो मुलुक त्यो दांजोमापुग्न सकेको छैन । हामी आधुनिकतातिर लम्किरहंदा आफ्ना अभिभावककालागि सम्मानजनक ब्यवस्था गरेर लम्किन सकियो भने मात्र ठिक होला । राज्यले पनि बृद्धबृद्धालाई सम्मानपुर्वक बांच्नपाउने वातावरणका लागि ऐन कानुन परिमार्जन गर्दै लैजानुपर्छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com