एमाले अध्यक्ष ओलीद्धारा वर्षको छिन्नलता पुरस्कारले ४ जना कलाकार पुरस्कृत, नेपाली भाषा पढेलेखेकाहरुबाटै अशुद्ध भएकोमा दुख व्यक्त

rupani

काठमाण्डौ २१ अषाढ । छिन्नलाता प्रतिभा पुरस्कार २०७४ सोमबार काठमाण्डौमा प्रदान गरिएको छ । नेपाली संगितको विभिन्न विधामा सक्रिय रहेका ४ जना स्रष्टाहरुलाई नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कार समारोहमा पुरस्कार वितरण गरेपछि एमाले अध्यक्ष ओलीले पढेलेखेका शिक्षित व्यक्तिहरुले नै भाषा अशुद्ध उच्चरण गर्ने गरेको बताउँदै भाषा संरक्षण र सम्र्बद्धनका लागि शुद्धतामा ध्यान दिनु पर्नेमा जोड दिए । नेपाली भाषा आफैमा सम्बृद्ध भाषा भएको भन्दै अध्यक्ष ओलीले सम्बृद्धिको परिभाषा बुझ्न नसक्नेहरुले आफुले प्रयोग गर्ने बिम्बलाई उखान टुक्का भन्ने गरेकोमा दुख व्यक्त गरे ।

पुरस्कार प्राप्त गर्नेहरुमा सुगम सङ्गीतकी नवप्रतिभा मिना निरौला, गायक शिशिर योगी, त्यसैगरि संगीतकार टीका भण्डारी र गीत रचनाकार धनेन्द्र विमल रहेका छन् ।

छिन्नलता गीत पुरीकार गुठीका अध्यक्ष प्रा.डा बासुदेव त्रिपाठीको सभापतित्वमा बसेको बैठकले निर्णय गरेअनुसार पुरस्कारको रासी जनही ५० हजार र नव प्रतिभा पुरस्कारको राशी ३५ हजार सहित सम्मान पत्रले ती कलाकारहरुलाई सम्मान गरिएको छ ।

वि.स.२०३९ सालमा स्थापित गुठीले गीत, गाएन र संगीतको विधामा उत्कृष्ट योगदान पुर्याउने कालाकारहरुलाई उक्त पुरस्कार वितरण गर्दै आएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com