एनआरएन अमेरीकाको निर्वाचन कार्यक्रम सार्वजनिक, अगष्ट ११ र १२ मा मतदान

के सी शेर

अष्टिन (टेक्सास), २२ असार । गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाको निर्बाचन कार्यक्रम सार्वजनिक भएको छ । बन्दिता शर्मा दाहाल संयोजक रहेको निर्वाचन समितीले मंगलवार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । निर्वाचन समितीले आउंदो अगष्ट ११ र १२ तारिखमा निर्वाचन गर्ने गरि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । उम्मेदवारको मनोनयन बुधबारबाटै सुरु भएको छ

। उम्मेदवारहरूले जुलाइ ८ तारिखसम्म आफ्नो उम्मेदवारी दर्ता गरिसक्नुपर्ने समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रम तालिकामा उल्लेख छ । एनआरएन अमेरिकाको अध्यक्ष लगायत ३३ पदको चुनाव हुनेछ । वरिष्ठ उपाध्यक्ष, चार क्षेत्रीय उपाध्यक्षहरू, महासचिव, सचिव, कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र ११ जना बोर्ड अफ डाइरेक्टरहरूको चुनाव हुनेछ । त्यस्तै ८ जना आईसीसी सदस्यको पनि चुनाव हुनेछ । एनआरएन मेरिकाको २६ स्टेट च्याप्टरको पनि चुनाव सोही समयमा हुनेछ । धेरै सदस्यहरू रहेका टेक्सस, न्यूयोर्क, क्यालिफोर्निया, भर्जिनिया, कोलोराडो, ओक्लाहोमा लगायतका राज्यहरूमा स्टेट च्याप्टरको समेत नेतृत्व चयन हुनेछ । स्टेट च्याप्टरमा अध्यक्ष सहित ११ जनाको कार्यसमिति चयन हुनेछ ।

एनआरएन अमेरिकाको अध्यक्षका लागि अहिलेसम्म ६ जनाले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष डा. केशब पौडेल, व्यबसायी गौरी जोशी लगायत वर्तमान कार्यसमितिका चारजना उपाध्यक्षहरूले उम्मेदवारी दिने बताउँदै आएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलदेखि उपाध्यक्षहरू राम सी पोखरेल, रबीना थापा, डिल्ली भट्टराइले उम्मेदवारी दिने घोषणा गरेका छन् । अनलाइन मार्फत हुने निर्वाचनको मतगणना गरेर अगष्ट १९ तारिखमा सार्वजनिक गरिनेछ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com