आयुषी भन्छिन्, मलाई कवाडीवाली भनेको सुन्दा निकै गर्व लाग्छ (भिडीयो सहित)

Srijana

श्रृजना आचार्य
काठमाण्डौ, १० साउन । उनलाई आजकल कवाडीवाली भनेको निकै मन पर्छ । २७ वर्षिया आयुषी केसीलाई गैरसरकारी संस्थाको डलरले तानेन, आफैले क्याम्पसको क्यान्टिनमा सुरु गरेको रेष्टुरेष्टले दिएको आम्दानी ले तानेन । तर तपाई हाम्रो घरवाट निस्कने फोहर र काम नलाग्ने कवाड समानले भने उनको ध्यान तान्यो । त्यसैले उनी राम्रो आम्दानी दिने गैरसरकारी संस्थाको जागीर र रेष्टुरेष्टको काम छोडेर लागिन कवाड संकलनमा । कवाड संकलन गर्ने भएकाले अहिले उनलाई सामाजिक संजाल र समाचारहरुमा कवाडीवाली भनेर सम्बोधन गरीने गरीएको छ ।
पहिला आफ्नो कामलाई छरछिमेक र आफन्तले कसरी लिने हुन भनेर अन्यौलमा परेकी आयुसी अहिले भने आफुलाई समाजले दिएको “कवाडीवाली” परिचयवाट निकै खुसी छन् । जब घरघरका फोहर संकलन गर्ने कामका लागि उनी आफ्नो कम्पनी दर्ता गर्न कम्पनी रजीष्टार कार्यालय गइन् त्यतीबेला त्यहांका कर्मचारीहरुले उनीप्रति गरेको ब्यवहार देखेर भने उनलाई दिक्क लागेको थियो । एक वर्ष अघि बैबाहिक जीवन सुरु गरेकी आयुसीलाई परिवार र छरछिमेकले के सोच्ने हुन भनेर झस्कन्थिन् तर अहिले उनलाई यो परिचय प्यारो लाग्न थालेको छ ।
“म मेरो परिचयमा गर्भ फिल गर्छु लाइट नेपालको लाइट सम्बादमा कुराकानी गर्दै आयुसीले भनिन्, कति लामो समयदेखि हाम्रा दाजुभाईहरु यो पेशामा हुनुहुन्छ उहांहरुलाई हेर्ने नजरमा परिवर्तन ल्याउन पनि मेरो प्रयास हो ।”
खालीसिसी म्यानेजमेन्ट प्रालि नाममा खोलिएको उनको कम्पनी छ । खालीसिसी डटकम नाममा उनले वेबसाइट पनि खोलेकी छन् । वेबसाइट र फेसबुक पेजमार्फत् कवाडी सामानको अर्डर लिन्छिन् । उनको सम्पर्कमा रहेका कवाडी संकलकहरुलाई कवाडी सामान रहेको स्थानको जानकारी गराउँछिन् । संकलकहरु ठाउँमा पुग्छन् र, आफूले नियमित बेचिरहेको ठाउँमा लगेर बेच्छन् । त्यसबापत सामान बेच्दा आएको १५ प्रतिशत आयुषीलाई बुझाउनुपर्छ । उनको ब्यवसाय यही हो ।
“हाम्रो टोलटोलमा कागज, बोटल संकलन गर्न आउनेहरुलाई काठमाण्डौबासीले कवाडी भैया भनेर सम्बोधन गर्थे, उनीहरुलाई हेप्ने गर्थे तर अहिले पोजेपिटभ वेव मा आइराछ मलाई निकै खुसी लागेको छ” उनले भनिन् ।
उनलाई यो ब्यवसायले किन तान्यो त ? उनी भन्छिन् “काठमाण्डौमा मात्र
१० देखि १३ हजार सम्म दाजुभाई कागज, बोतल लगायत कवाडी सामान संकलन गर्ने ब्यवसायमा संलगन छन् त्यती हुदा पनि ७० प्रतिशत रिसाइकल गर्न मिल्ने फोहर डम्पीगं साइटमा जान्छ । त्यसैले यस्तो अवस्थालाई घटाउन यो ब्यवसाय गर्न जरुरी देखें । मलाई त्यसैले तान्यो ।”
काठमाण्डौको बालुवाटारमा कार्यालय संचालन गरेकी आयुषी संग अर्डर लिन जावलाखेल, इमाडोल कलंकी लगायतका ठाउंवाट फोन आउंछ, उनको सम्पर्कमा अहिले झण्डै एक सय ५० खालीसिसी, काजग संकलन गर्ने दाजुभाईहरु छन् । उनीहरुलाईलाई अर्डर आएको ठाउंमा पठाउंछिन् अनि नजिकैको कवार्ड खरिद गर्ने ठाउंमा सम्पर्क गराइदिन्छीन् । त्यसो गरीदिए बापत उनले चार्ज लिन्छिन् ।
कसरी आए त खालीसिसी संकलनकर्ता उनको सम्पर्कमा ? “ उनी भन्छिन्, सुरुमा त मैले ब्यक्तिगत रुपमा नै त्यस्ता संकलकहरुलाई भेटें, सामाजिक संजालका विषयमा जानकारी नभए पनि उहांहरुलाई आफ्नो दुख र कामको सम्मान छ । त्यसैले उहांहरु म संग सजिलै कन्भिन्स हुनुभयो ।”
सुरुमा आयुषीले भेटेर कामका बारेमा भनेका कवाडी संकलक दाजुभाईहरुले अरुलाई त्यसको बारेमा भन्दै गए यसरी उनको नेटवर्कमा अहिले धेरै संकलकहरु आएका
छन् ।

उनले फोहर संकलन गर्ने संकलकहरुलाई परिचय पत्र बनाइदिएकी छन् । “भन्छिन् खालीसिसी दाईहरुलाई उहांहरुले गरीरहेको काम प्रति सम्मान होस भनेर भनेर मैले त्यसो गरेको हो । म चाहन्छु उहांहरुलाई पनि मैले समाजको लागि राम्रो काम गरेको छु भन्ने फिल होस ।” उनी कवाड संकलन गर्नेहरुलाई अन्य सेफ्टी ज्याकेट लगायतका अन्य सुविधा उपलब्ध गराउने सोंचमा छन् । “अहिले म रिसर्चको फेजमा छु आयुषी भन्छिन्, समय अनुसार कामलाई पनि परिमार्जन गर्दै लैजान्छु ।”
अहिले उनी सबैका घर, पसल, डिपार्टमेन्टल स्टोर, अपार्टमेन्ट, होटल, सरकारी गैरसरकारी कार्यालय सबै ठाउंवाट नकुहीने फोहर संकलन गर्छीन् । पैसा लिन चाहनेले पैसा लिएर ति सामान उनका संकलकलाई उपलब्ध गराउंछन्, नचाहनेले ति सामान दान दिन सक्छन् ।
के के लिन्छीन् त ? आयुषी भन्छिन् “सामान्य कागज, बिवाहको कार्ड, न्युजपेपर, अफिसका कागज लगायत बियर वोटल, बिदेशी रक्सिको बोतल एवं प्लाष्टिकमा हारपिक स्याम्पु, तेल, डिटजेन्ट लगायतका सामग्री लिन्छौं । सिलभर, कपर, फलाम सबै लिन्छौ, इलेक्ट्रोनिक सामान, फोन, टिभी पनि लिने गरेका छौं ।”
सरकारले काठमाण्डौको फोहर ब्यवस्थापनमा अरवौं रुपैया लगानी गर्दा पनि समाधान नभएको देखेर उनलाई दिक्क लाग्छ । उनी फोहर ब्यवस्थापनमा सरकारी निकायसंग मिलेर काम गर्ने योजनामा छन् ।
किन यस्तो हुन्छ त ? आयुषी भन्छिन् “हाम्रो फोहर छुट्याएर राख्ने संस्कार नै छैन । फोहर छुट्याएर नराख्दा कानुन लाग्छ तर पनि कार्यान्वयन भएको छैन । हाम्रो एउटै डस्टविनमा कुहिने र नकुहिने फोहर जान्छ । हामी सरकारी निकायसंग पनि काम गर्ने योजनामा छौं । देशब्यापी रुपमा लैजाने योजनामा छौं ।”
उनले त्यसको लागि काम पनि सुरु गरीसकेको बताइन् । फोहर छुट्याएर राख्ने संस्कार बनाउन बच्चालाई सिकाउन जरुरी रहेछ भन्ने थाहा पाएकी आयुषी अहिले विद्यालयमा यस्तो कार्यक्रम गर्दैछन् ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com