नेपालगन्जमा सुरु भयो स्मार्ट सवारी चालक अनुमती पत्र

sirjana

नेपालगन्ज, १० साउन । नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालय भेरीले पनि स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बितरण सुरु गरेको छ । कार्यालय प्रमुख कमलराज गौतमले दिएको जानकारी अनुसार, सुरुवाती चरणमा नविकरण र प्रतिलिपी लिन कार्यालयमा पुग्नेहरुलाई मात्र स्मार्ट लाईसेन्स दिइएको छ । उनका अनुसार सवारी चालक वितरणका लागि नयाँ प्रक्रिया सुरु भएपछि अनुमती पत्र पाउनेहरुले अबदेखि स्मार्ट लाइसेन्स पाउने छन् ।
निकै भिडभाड हुने यातायात ब्यवस्था कार्यालय भेरीमा सेवाग्राहीलाई सास्ती भोग्न नपरोस भनेर कार्यालयमा टोकनप्रथा लागु गरेको छ । चालक अनुमति पत्र लिंदा, नविकरण गर्दा लगायतका काम गर्दा आवश्यक पर्ने बैंकिङ कारोबारका लागि समेत कार्यालय ब्यवस्था गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यातायात ब्यवस्था कार्यालयमा सेवा प्रदान गर्न शाखा संचालन गरेको छ ।
केही दिन देखि सुरु गरीएको यस्तो सेवामा थुप्रै त्रुटी देखिएका छन् । सेवाग्राहीहरुले सेवामा गुणस्तरीयता ल्याउन धेरै सुधार गर्नुपर्ने अवस्था रहेको बताएका छन् । त्यहां शाखा स्थापना गरी सेवा संचालन गरेको बैकंलाई यातायात ब्यवस्था कार्यालयवाट हुने कुन कुन कामका लागि बैकिंग प्रकृयामा जानुपर्छ भन्ने कुराको जानकारी नहुदा अलमलमा पर्ने गरेका छन् । विभिन्न शीर्षकमा बुझाउनुपर्ने रकम बैङ्कलाई जानकारी नहुँदा दुई ठाउँमा जादा कठिनाई हुने गरेको सेवाग्राहीको भनाई छ । सो समस्या समाधान गर्न समेत बैङ्कलाई पनि टोकन प्रर्णाली सुरु गर्न आग्रह गरिएको प्रमुख गौतमले बताए ।
यातायात ब्यवस्था कार्यालयका तत्कालिन प्रमुख लगायतका अधिकाँश कर्मचारीलाई अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्धा चलाएपछि अहिले अधिकाँश काजमा खटिएका कर्मचारी कार्यरत रहेका छन् ।

 

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com