इतिहासमै पहिलो पटक साउदी – नेपाल सिधा हवाइ उडान सेवा सुरु हुने

Rudra

सुरेश राज त्रिपाठी, साउदी अरब ९ अगस्ट । नेपालीहरुको लागि बैदेशिक रोजगारको प्रमुख गन्तब्य रहेको साउदीअरबबाट नेपालको लागि ईतिहास मै पहिलो पटक सिधा उडान सेवा छिट्टै नै सुरु हुन गैरहेको छ । साउदीअरबमा रहेका नेपालीहरुलाई लक्षित गरी बिगत ४ बर्ष देखी साउदीअरबमा ट्राभल ब्यवसाय संचालन गर्दै आएका ब्यबसायी शरद कुमार शर्मा र नेपालबाट संचालित हिमालय एयर लाइन्सको पहलमा साउदी अरबको सम्बन्धित निकायसँगको सहकार्यमा साउदीअरब – नेपाल सिधा हवाइ उडान सेवा सुरु हुन लागेको हो । लामो समय देखिको प्रयास, मेहनत र संघर्षका बाबजुत अन्तत केही दिन भित्रै उक्त सेवा सुरु हुने कुरा हिमालय एयरलाइन्सको तर्फबाट साउदीअरबको लागि अधिकारिक बिक्रेता अस्फर ट्राभलका (GSA – General Sales Agent) तथा नेपाली ट्राभल साउदी अरबका Managing Director शरद कुमार शर्माले बताएका छन् । केहि दिन भित्र मै उडान तालिका आइसक्ने र त्यसको केही दिन भित्रमा नै उडान सुरु हुनेछ । पाच लाख भन्दा नेपाली कामदारहरु रहेको साउदीअरबमा यो एउटा निकै नै खुशीको कुरो हो र सधैं नेपाल जाँदा लामो लामो ट्रान्जिट र त्यहाँ बिभिन्न समस्याहरु भोगिरहेका नेपालिहरु लगायत अन्य नेपाल भ्रमणमा जाने पर्यटक, ब्यबसायीहरु सहज र सरल तरिकाबाट सिधा साउदी – नेपाल गर्न सकिने कुराले पक्कै पनि सबै जना खुशी नै रहेको कुरा पनि शर्मा बताउछन ।

नेपालबाट संचालित हिमालय एयरलाइन्सको जहाज अहिले ३ वटा रहेको र ५ बर्ष भित्रमा १५ वटा पुर्याउने लक्ष रहेको कुरा हिमालय एयरलाइन्सका General Manager-Commercial राजु बहादुर केसीले बताएका छन् । हाल दुबई, कतार, मलेसिया लगायत अन्य केही मुलुकहरुमा सेवा दिरहेको हिमालय एयरलाइन्सले भबिष्यमा युरोप, अमेरिका, कोरिया लगायत अन्य मुलुकहरुमा पनि उडान सेवा सुरु गर्ने कुरा केसीले बताएका छन् । उसका अनुसार साउदीअरबको दम्माम शहरबाट अहिले दैनिक १ फ्लाइट हुने र उक्त जहाजमा १५० वटा एकोनोमी सिट र ८ वटा बिज्नेस क्लासका शिट रहनेछन तर यात्रुहरुको चाप बढेको खण्डमा र एउटा जहाजले धान्न नसकेको खण्डमा दैनिक २ वटा फ्लाइट पनि गर्न सकिनेछ । सुरुका दिनहरुमा साउदीअरबको दम्मामबाट फ्लाइट सुरु भए पनि छिट्टै नै साउदीअरबको रियाद र जेद्धा शहरबाट पनि हिमालय एयरलाइन्सले नेपालको लागि सिधा उडान सेवा सुरु गर्ने योजना रहेको पनि रहेको छ । हवाइ टिकेटको मुल्य के कस्तो होला भन्ने जिज्ञासामा साउदीअरबमा रहेका नेपालीहरुको हितमा नै सिधा उडान सेवा सुरु हुन लागेकोले टिकेट मुल्य लगायत अन्य सुबिधाहरु पनि नेपालीहरुको हितमा नै हुने छ ।

साउदीअरबका लागि हिमालय एयरलाइन्सको अधिकारिक बिक्रेता अस्फर ट्राभलका (GSA – General Sales Agent) तथा नेपाली ट्राभल साउदीअरबका Managing Director शरद कुमार शर्माका अनुसार केही दिन भित्रमा नै कुन मिती देखी उडान सुरु हुने र कुन समयमा उडान सुरु हुने लगायत अन्य कुराहरु फाईनल हुने र ओपनिङ कार्यक्रम दम्माममा हुनेछ र त्यसका लागि नेपालदेखी मालय एयरलाइन्सका पदाधिकारीहरु पनि साउदीअरब आउने कुरा रहेको छ । यो सिधा फ्लाइट सुरु गराउन पहल / कार्य गर्दै गर्दा प्रतक्ष अप्रतक्ष रुपमा सहयोग गर्ने, शुभेक्षा प्रकट गर्नुहुने, हौसला प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यसै गरी सबैको साथ र सहयोगको अपेक्षा रहेको कुरा पनि बताएका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com