कतारमा श्रम गर्दै आएका लामाको बुझाइमा बिश्वा आदिवासी दिवस

Rudra

कतार । सन् १९९४ बाट संयुक्त राष्ट्र संघ ले विश्व भर का आदिवासी जनजातीहरुको दयनीय अवस्था, राज्यबाट उपेक्षित हुनु परेको, उनीहरुको मौलिक पहिचानको संरक्षण, सम्बर्द्धन र विकाश गर्ने ,उनीहरुको जल, जमिन र प्राकृतिक स्रोत साधन माथि अग्राधिकार, मौलिक हक, राज्य संचालन मा उनीहरुको पहुँच र प्रतिनिधित्व स्थापित गर्ने कार्य राज्यको जिम्मेवारी हो भन्ने स्वीकार गरेको दिन अगष्ट ९ अर्थात अन्तराष्ट्रिय विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरि मनाउदै आएको हो ।

नेपाली समाज भित्रको गैर आदिबासी नेपालीहरुले आदिबासी जनजाती बर्गलाइ शुभकामना पनि यहि माथि उल्लेखित गरिएका राष्ट्र संघले निर्णय गरेर दिएका अधिकारलाइ बुझेर बधाइ तथा शुभकामना दिदै आइरहेको छ हामिले उहाहरुको बधाइ तथा शुभ कामनाहरुलाइ धन्यबाद दिदै हाम्रो मौलिक, हक र अधिकार शुनिश्चितताको लागि राज्यको नीति र नियम तर्जुमा गर्ने ठाउमा हाम्रो आन्दोलन केन्द्रित रहनु पर्छ ।

हामिले नेपाल भित्र बसोबास गर्ने सबैको अधिकारलाइ सुनिश्चित हुने गरि राज्य संग क्षतिपूर्ति सहितको आन्दोलनलाइ स्थापित गर्दै हाम्रा मागहरुलाइ आन्दोलन द्वारा नेपाल सरकार बाट प्राप्त अधिकार हरुलाइ संस्थागत गर्दै गोलबन्द पार्न सक्नु पर्दछ ।

म हरेक बर्षको आदिबासी जनजाती महासङ्घले गरेका कार्यक्रम देश भित्र होस या बाहिर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हेरिरहेको छु । नेतृत्व तहमा हामि आदिबासी जनजाती भित्रको जुन सुकै जाती बाट आए पनि राज्य सत्ता संग हस्तक्षेपकारी भुमिका खेल्न सकिरहेको छैन । खाली औपचारिकता निभाउन मात्रै कार्यक्रम र गतिबिधिहरु संचालन गरेको मात्रै बुझेको छु ।

बिभिन्न समयमा हामी जनजातिहरुले स्थापना गरेको नेतृत्व तहमा पुगेका ब्यक्तिहरु कुनै न कुनै प्रलोभनमा फसेको हुन्छ त्यो हामी सामु सर्बबिधित नै छ । हाम्रो भेष भाषा र संस्कृतिलाइ र परम्परालाइ मात्रै सस्थागत गरेर पुग्दैन भन्ने मेरो आशय म यहाँ ब्यक्त गर्न चाहान्छु । हामी बिगत लामो समय देखि निरन्तर रुपमा राज्यको शक्ति केन्द्र बाट बाहिर छौ । नितिगत रुपमा हामिलाइ राज्यले बेवास्ता गरेको छ । हामि पनि त्यस देशको राज्यको शक्ति हौ, जहाँ हामी बसोबास गर्दछौ । गैर जनजातिले जति राज्यलाइ कर तिरेको हुन्छ , त्यति नै कर हामिले राज्यलाइ तिरेको छ । राज्यबाट पाउनु पर्ने सुबिधा हामिले पाउन सकेका छैनौ । हामी समाजको कुनै बिस्थापित जनता हैनौ हामिलाइ नेपाल सरकारले दान दिए झै आरक्षण र कोटामा रमाएर बस्नु उचित हुन्न । नेपालको ८० प्रतिशत भु -भागमा फैलिएर बसेको हामी जनजातिहरुलाइ हामिले भिख माग्दै र राज्यले दान दिए झै गरिरहेको यथार्थतता हामी सबैलाइ जानकार छ ।

देश बाट रोजगारीको शिलशिलामा अहिले कतार भित्र छु र पहिला साउदी अरबमा कार्यरत थिय । मैले साउदी अरबमा कार्यरत हुदा जनजाती महासंघको कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी हुन पाए । मैले धेरै अध्यन गरे , बिज्ञ र बौद्धिकत्व अग्रजहरुले दिनु भएको प्रशिक्षणमा सामेल पनि भए त्यो मेरो निम्ति अहो भाग्य थियो । त्यतिबेला बेला जनजातिको पक्षमा निकै जोशिएर आन्दोलनका पक्षमा वकालत गर्नु भएका हाम्रा अग्रज ओम गुरुङ ज्यु ले राख्नु भएको धाराणा प्रति चासो र निकै उत्सुकता भए जनजातिले चलाएको चलायमान आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । सकारात्मक भुमिका निर्बाह गर्दै आएको हाम्रो आन्दोलन कता तिर बिसर्जन हुदैछ भन्ने समीक्षा गर्नु आजको अपरिहार्य आबश्यकता रहेको छ ।

अहिले कतारको मरुभुमिमा रोजगारको शिलशिलामा छु यहाँ भित्र आ-आफ्नो जातिको मातृ भाषाको संस्था छन । नेपालमा अबस्थित सम्पुर्ण भाषाहरुको मातृभाषा बाट प्रतिनिधित्व गरि निर्माण गरिएको यस जनजातिहरुको गरिमामय संस्था मेरो पनि मुलघर हो । म यसलाइ पनि हृदय देखि नै सम्मान गर्न चाहान्छु । दु:खद कुरा बर्गिय, जातिय ,क्षेत्रीय रुपमा हाम्रो आन्दोलनको एक सिपाही भएको नाताले म र म जस्ता धेरै धेरै युवाहरु त्यस आफ्नै घर र मुल घरमा प्रबेश निषेध जस्तै भएको महशुस भएको छ ।

तामाङ परिवार र तामाङ संस्कृती भित्र आफ्नो परम्परा र रितिरिवाजलाइ आफुलाइ भन्दा धेरै माया गर्दछु । तर त्यही घर भित्र साथिहरुले अटाउन सकेन मैले पटक पटक भनेको छु, अग्रज साथिहरुलाइ अटाउन सक्छु भनेर सोध्ने गर्दछु । उहाँहरुले सिधै भन्नुहुन्छ तपाईं बैचारिक आस्था राखेको ब्यक्ती भनेर हिचकिचाइ रहनु हुन्छ मलाइ अचम्म लाग्दछ अग्रज र समकालीन साथिहरुले ब्यक्त गर्नु भएको भनाइ म सामु पेश गर्दा अनि सोच्न बाध्य पार्नु हुन्छ । त्यही समाजको निम्ति अग्रपंक्तिमा आवाज बुलन्द गर्ने हामिलाइ त्यही समाज भित्र आबद्ध हुन लाई हामिले प्रस्ताब पेश गर्दा बिशुद्ध राजनिती नबोकेका मात्रै भन्नू हुन्छ । मैले यहाँहरु समक्ष गम्भीर भएर प्रश्न सोध्न चाहान्छु के तपाईं मित्रहरु कुनै पनि राजनितिक दललाइ समर्थन गर्नु हुन्न ? छातिमा हात राखेर कसम खानुस मैले अहिले सम्म कुनै पनि राजनिती दललाइ समर्थन गरेको छैन भनेर , त्यहा भित्र राजनिती प्रयोग गर्न पाउदैन आदिबासी जनजातिहरुको मुक्तिको निम्ति अधिकारको निम्ति आफ्नो पहिचानको निम्ति भनेर तपाइहरुले ब्यक्त गर्नु भएको अभिब्यक्तिहरु के राजनिती अन्तर्गत पर्दैन र ? राज्यले खोशिएको हाम्रो अधिकारलाइ हामिले राज्यको बिरुद्ध लडेका लडाइ के यो अंशमा भए पनि राजनिती सिद्धान्त भित्र पर्दैन र ? हामी हाम्रो आफ्नो जातिय मौलिकताको बिषयमा छलफल गर्दा के हामी राजनिती बाट अछुत छौ त ? हामी सबै कुनै न कुनै प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएर आएका युवाहरु जुनसुकै दलको कार्यकर्ता किन नहोस आफ्नो जातीत्वको बिषयमा सबैलाइ समेटेर घर र मुलघरमा आउन चाहनेलाइ बेवास्ता किन गरिन्छ ? पहिला नै बैचारिक आस्थामा आवद्ध रहेछ भनेर तगारो हाल्नु हुन्छ किन ? यो गम्भीर प्रश्नको जवाफ पाउछु होला सायद मैले र अपेक्षा पनि गरेको छु ।

मेरो बुझाइमा :-
कुनै पनि राजनिती या सामाजिक सेवामा अहोरात्र खटेका ब्यक्तिले आन्दोलनको स्पिरिट र मर्म अनुशार अगाडीका कार्यभार पूरा गर्दछ ।बिना संस्थाको ज्ञान र संघ संगठनको ज्ञान नभएको ब्यक्तिले चलायमान तरिकाले संस्थाको नेतृत्व गर्न सकिन्न गरेता पनि ठोस योजना र कार्यक्रमको विश्लेषण गर्दै शस्लेषण गर्न सकिन्न र सामाजिक चरित्र कस्तो बनाउने भन्ने निर्धारण गर्न सकिन्न । सेरेमोनियल पावरमा त बस्न सकिन्छ तर मुर्त रुपले आन्दोलनलाइ अगाडि बढाउन सकिन्न ।

हाम्रो परम्परा र संस्कृति , भेष, भुषा नै हाम्रो अधिकार सम्पन्न भयो भन्ने तिर हामी लाग्यौ भने हामिले राज्य स्तरमा मौलिक हक हित र अधिकार लिन हामी बन्चित हुन्छौ । हाम्रो जनजातिले मुक्ती त्यहा पाउछौ जहाँ राज्यबाट खोसिएका हाम्रा अधिकारहरु हामिले पुनः खोसेर पहाडको कुना कन्दहराहरुमा दुख को जीवन यापन गर्ने उत्पिडित जनजातिहरुलाइ राज्य बाट प्राप्त हुने समान हक र अधिकार दिलाउन सकिन्न तब सम्म हामी आन्दोलित र संगठित हुनै पर्दछ । बिशुद्ध सामाजिक सेवा मात्रै भनेर आआफ्नो पहिचानको लता कपडामा आआफ्नै भाषामा मात्रै बर्षको एकदिन जनजाती बनेर जनजाति दिवस भनेर एउटा रमाइलो कार्यक्रम गरेर मात्रै सम्झेर पुग्दैन हाम्रो जनजातिको हक हित र अधिकारको निम्ति तपाईं हामी युवाहरु जुनसुकै बैचारिक स्थानमा बसेर भएता पनि सभ्य समाजको आन्दोलनको दिशा तिर लागि परौ । सिर्जनात्मक ढंगले आदिबासि जनजातिको आन्दोलन लाई सफल पारौ र संसार भरी रहेका आदिबासी जनजातिहरुको अधिकार राज्यब्यबस्थामा सुरक्षित गर्न प्रेरणा मिलोस हातमा हात र काधमा काध मिलाउदै कानमा तेल हालेर अनि सुनेर पनि बुझेर पनि नसुने झै र नबुझे झै गरेर बस्ने हाम्रो देशको शाशकहरुकोहरुको बिरुद्ध जहाँ जहाँ छौ त्यहा त्यहा बाट शशक्त आवाजहरु बुलन्द गरौ यहि शुभेच्छा ब्यक्त गर्दै निरन्तर लागि परिरहनु भएका अग्रज नेतृत्वलाई अझै आन्दोलनलाइ उचाइमा पुग्न अदभूत साहास मिलोस र यस आन्दोलनलाइ बुझेर साथ सहयोग र समर्थन एब शुभकामना ब्यक्त गर्नुहुने तपाईं सम्पुर्ण गैर जनजाती मित्रहरुलाइ हार्दिक हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा पनि यसै गरि हौसला प्रदान गर्दै नेपालको एकात्मक शाशकिय ब्यबस्था परिबर्तन गर्न साथ रहनेछ र हाम्रो संस्कृती, परम्परालाई देशको गहनाको रुपमा सहर्ष स्विकार गर्नु हुनेछ भन्ने आशा ब्यक्त गर्दै तपाइ सम्पुर्णलाई र बिश्व भरिको आदिबासिलाइ शुभकामना ब्यक्त गर्दछु ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com