गुरुहरु नै गर्छन् गड्बडी,आफ्नै छात्रासँग यौन प्रस्ताव, श्रीमतीको ओछ्यानमा साहुजीको शव

लाइट नेपाल

काठमाडौं, । कतै यौन विचलन त कतै प्रश्नपत्र दोहोरिने काण्डका कारण भृकुटीमण्डपतिर बबाल छ । पत्रकारिताको जननी मानिने रत्नराज्यलक्ष्मी कलेजका एक प्राचार्य आफ्नै छात्रासँग यौन प्रस्ताव राखेको आरोपमा सातादेखि प्रहरी कष्टडीमा छन् ।

नेपाल मानविकी क्याम्पसका प्राचार्य विष्णुप्रसाद आचार्य एमए तहमा अध्ययनरत छात्रामाथि १२ साउनमा क्याम्पसकै कक्षा कोठामा एक्लै भएको मौका छोपी दुराचार गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखामा १८ साउनदेखि थुनिएका छन् ।

प्राध्यापक कतिसम्म गैरजिम्मेवार र लापरवाह छन् भने अर्को उदाहरण भेटिएको छ नेपाल ल क्याम्पसमा । सो कलेजमा हालै सम्पन्न प्री बोर्ड परिक्षामा गाडबडी भएको भेटिएको हो । बिए–एलएलबी चौंथो वर्षको परिक्षामा त्रिविकै प्रश्नपत्र कपी गरिएको विद्यार्थीको गुनासो छ ।

त्रिभुवन विश्वविद्यालयको श्रम कानुन (५५६) बाट कपी गरेर हालै मात्र नेपाल ल कलेजले लिएको प्रशासन कानुनतर्फ प्री–बोर्ड परिक्षा (५५१) मा अधिकांश प्रश्नपत्र कपी गरिएको फेला परेपछि विद्यार्थीले यो विषयमा कुरा पनि उठाएका हुन् । कुल १४ वटा प्रश्नमध्ये ९ वटा त्रिविको परिक्षापत्रबाटै कपी गरिएको भेटिएको छ ।

सो परिक्षामा ६५ विद्यार्थी सहभागी थिए । यो लापरबाहीबारे नेपाल ल क्याम्पसका चिफ कर्णबहदाुर थापासँग जिज्ञासा राख्दा यो हल्ला आफूले पनि सुनेको तर वास्तविकता नभएको तर्क गरे ।

उनले गल्ती ढाकछोप गर्दै पठ्यक्रम एउटै हुने हुँदा महत्वपूर्ण प्रश्न दोहोरिनु संयोग मात्र भएको सुनाए । अगाडि थपे–त्रिविले आफ्नै प्रक्रियाबाट प्रश्नपत्र बनाउँछ, हामी आफ्नै प्रक्रियाबाट प्रश्नपत्र निर्माण गर्दछौं । यद्यपि, संयोगले केही प्रश्न मिल्नुलाई अन्यथा ठान्न नहुने उनको तर्क छ ।

श्रीमतीको ओछ्यानमा साहुजीको शव
रक्ताम्य महिला सडकमा चक्कु बोकेर चिच्याउँदछिन्, ‘मैले मारिदिएँ ।’ मानिसहरू त्यस्तो दृश्य देखेर छक्क पर्दैछन् । घटना अघिल्लो बिहीबार १९ गते, मध्यदिन, ललितपुर, ठेँचोको हो ।

महिलाको हातमा रगत मुछिएको छुरा छ । भन्छिन्, ‘मलाई साहुजीले करणी गर्न खोजे । ठाउँको ठाउँ उनलाई मारेर आएँ ।’ १०–१५ मिनेट कराएपछि सिआरभी भ्यान भेटिन् । त्यसले चौकीमा लगेर बुझायो ।
मुलुकी ऐनको व्यवस्थाअनुसार करणी गर्न आएमा महिलाले प्रतिरक्षा गर्न पाउँछन् । त्यसमा सतप्रतिशत छुट हुन्छ, ज्यान मारेको प्रमाणित भए पनि ।

बलात्कार गरेको एक घण्टाभित्र मारेमा बात नलाग्ने त चलनचल्तीको बोली नै छ । प्रहरी घटनास्थल पुग्दा ओछ्यानमा कोखामै छुरी रोपिएर मरेको मानिस फेला परे । ती हुन्, मेघनाथ भुषाल । पहिला एयरपोर्टमा काम गर्थे, रोशन श्रेष्ठसँग मिलेर । नख्खु कोरिडोरभित्र पर्ने, एकान्त, मनमोहक ठाउँमा बंगुर फारम खोलेका थिए ।

बेलाबेलामा आफै जान्थे । त्यहाँ कान्छीमाया स्याङ्तान नामक ४२ वर्षीया महिला काम गर्न बसेकी छन् । उनीसँग तीन बच्चा छन् । ३, ५ र ९ वर्षका । पति कुमार लामा भन्ने मानबहादुर कान्छीसँग बल्खुमा छुट्टै बस्छन् ।

कान्छीपट्टिबाट बच्चा छैनन् । सुरुमा ‘मलाई करणी गर्न आएपछि मारेको’ भन्ने पनि कुरा अर्कै खुल्यो, पति कुमार समातिएपछि । मामिला अर्कै दिशामा मोडियो, लोग्नेले पो मा¥यो कि भन्ने अवस्था आयो ।

कान्छीमायाले भनेकी थिइन्, ‘साहुजी आउनुभयो, गर्मी भो भन्दै टहरामा बसेर सर्ट फुकाल्नुभयो, र मलाई जबरजस्ती गर्नुभयो । अनि, मैले ओछ्यानमै छुरा हानेको ।’ उनले हानेको छुरा एक फिट लामो छ । भुषालकी पत्नी विद्युतमा आठौं तहकी कर्मचारी हुन् ।

पतिको बंगुरपालनसम्बन्धी छुट्टै कारोबार छ भन्ने संभवतः उनलाई थाहा थिएन । जहाँ घटना भयो, त्यहाँ मारेर, खाल्डो खनेर गाड्न सकिने ठाउँ पनि छ । तर, कान्छीमाया लास त्यत्तिकै छाडेर प्रहरी चौकीमै पुगिन् । अनुमान लगाइएको छ, यिनीहरुबीचको सम्बन्ध थाहा पाएर छड्के गर्न श्रीमान् पुगे ।

पत्नीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि भान्छाको टेबुलमा राखेको छुरा टिपेर हानिदिए । मेघनाथले फार्म खोलेको डेढ वर्ष भयो । बारिह फलामे गेटमा ताला लगाउने ठाउँ छ । कान्छीमायाको कोठामा चुकुल छैन । अहिले कान्छीमायालाई रोशन र मेघनाथले सात सात हजारको दरले अलग अलग तलब दिन्थे, खबर जनआस्था साप्ताहिकमा छ ।

घटना भएको दिन बिहान ९ बजे कान्छीमाया र पति कुमारबीच फोन संवाद भएको देखिन्छ । मेघनाथ बडी बिल्डर टाइपका मान्छे । उनको शव कान्छीमायाको खाटमा भेटियो । पत्नीले प्रहरीमा आत्मसम्पर्ण गरेपछि कुमार त्यही टहरामा बच्च स्याहारेर बसे । र, राति कतै हिँडे । भोलिपल्ट पक्राउ खाए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com