हेर्नुहोस् ‘छक्का पञ्जा २’को दोश्रो गीत (भिडियो)

jiwan123

काठमाण्डौ। असोज ११ मा रिलीज हुने नेपाली चलचित्र ‘छक्का पञ्जा २’को दोश्रो गीत छायांकन भईरहेको छ । उत्तम सञ्जेलको शब्द/संगीतमा हरिवंश आचार्य र आस्था राउतको स्वरमा रहेको ‘तिमी त्यो किनारमा, म यो किनारमा’ बोलको यस गीतमा नायिका प्रियंका कार्की र हाँस्यकलाकार विल्सन बिक्रम राईको नृत्य छायांकन भईरहेको छ ।

दीपाश्री निरौलाले निर्देशन गरिरहेको ‘छक्का पञ्जा २’को यस गीतलाई कबिराज गहतराजले कोरियोग्राफी गरेका छन् भने पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् । यो गीतको भिडियो भदौको पहिलो हप्ता रिलीज गरिने बताईएको छ ।

हेर्नुहोस् शुटिङ् रिपोर्ट:

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com