ब्लड क्यान्सर कोषका लागि प्रमुख थापाको सहयोग

लाइट नेपाल

 

रामपुर (पाल्पा), २७ साउन । रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले आशिष बालउत्थान ब्लड क्यान्सर कोष स्थापनाका लागि रु एक लाख सहयोगको घोषणा गरेका छन् ।

झण्डै डेढ महिनाअगाडि रामपुर नगरपालिका–५ बेझाड बजार बस्ने ७ वर्षीय बालक आशिष श्रेष्ठको ब्लड क्यान्सर रोगका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको सम्झनामा नगर प्रमुख थापाले कोष स्थापनाका लागि व्यक्तिगत रुपमा रु एक लाख दिने बिहीबार घोषणा गरेका हुन् ।

सो कोष रामपुर अस्पतालको मातहतमा राखेर गरिब तथा असहाय बालबालिकाका लागि उपचारमा सहयोग गरिने प्रमुख थापाले बताए। आर्थिक अभावमा कोही पनि बालबालिका उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सो कोष स्थापना गरेको थापाले बताए ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com