पुण्य गौतम भन्छन्, भारत चिनलाई चिढाएर पश्चिमालाई रिझाउन चाहन्छ, डोक्लाम द्धन्द्ध त्यसैको परिणाम हो(भिडीयो सहित)

सिर्जना

रतन चन्द
काठमाण्डौ, २७ साउन । नेकपा मालेका पोलिट्ब्युरो सदस्य पुण्य गौतमले भारत ले डोक्लाममा अनावश्यक हस्तक्षेप गरेका कारण भारत चिन बिचको सम्बन्ध चिसिएको बताएका छन् । भुटानको सम्प्रभुत्व रक्षाको एक्लो ठेकेदार हुं भन्ने भारतको दम्भको कारण यस्तो समस्या आएको उनले बताए । भुटान र चिनको आपसी सम्बन्धका विषयमा दुई देश बिच छलफल भइरहको अवस्थामा भारत अनावश्यक हस्तक्षेपमा गएको उनको भनाई छ ।
भारतलाई पश्चिमा संग लहसिएको टिप्पणी गर्दै उनले मोदी प्रशासनले यसको मुल्य समेत चुकाउनु पर्ने चेतावनी समेत दिएका छन् । “त्यो भारतको सरोकारको विषय नै होइन्, उनले भने, भुटानको सिमा मिचेर चिनले सडक निर्माण गर्यो भनेर भारतले असम्बन्धित क्षेत्रमा हस्तक्षप गरेका कारण यो समस्या आएको हो ।”
भारत पाकिस्तान भन्दा पनि आंणविक अवस्थाका विषयमा कमजोर छ भने चिनको छेउछाउमा समेत नआउने बताए । तर पनि चिन भने द्धन्द्धको पक्षमा नरहेको उनको बिचार छ । सिमा बिवाद देखिएको मात्र हो, तर छिमेकीको स्थायित्व शान्तिको निम्ती भारत बाधक हो । छिमेकीमा स्थायी शान्ति होस भन्ने भारत चाहंदैन । यो पनि त्यसैको परिणाम हो, बांकी यो भिडियोमा

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com