रमाइलो गर्न बेश्यालय पुग्दा पार्ट टाईम गर्न जान्छु भनेकी श्रीमती वेश्यालयमा भेटेपछि ..

लाइट नेपाल

पोल्याण्डको प्रख्यात पत्रिका सुपर एक्स्प्रेसले छापेअनुसार त्यहाँको एक स्थानीय बेश्यालयमा श्रीमान–श्रीमती एकअर्कालाई हेरेर छक्क परेको खबर छ ।

श्रीमानले जहिले पनि अतिरिक्त खर्चका लागि केही पैसा दिन खोज्दा आफूसँग पर्याप्त पैसा भएको श्रीमतीले बताउने गर्थिन् । यसभित्रको गुह्य अर्थशास्त्र के हो भन्ने चाहिँ उनलाई थाहा थिएन । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरु बिच रहेन ।

श्रीमानले प्वाक्क सोधिहाले ( यस्तो ठाउँमा तिमी के गर्दैछौ र ?) उनले श्रीमानलाई रातिराति पार्ट टाइम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् ।

त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।

श्रीमानले अखबारलाई भने– ‘म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ । श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् । एजेन्सी

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com