सिन्धुलीमा पहिरो : पुरीएर एकै घरका चार जनाको मृत्यु

लाइट नेपाल

सिन्धुली , २८ साउन । अविरल बर्षा पछि आएको पहिराले पुरीएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । सिन्धुलीमाढी स्थित २ नम्बर बजारका उदयबहादुर (लकाई) खड्काको परिवारका ४ जनाको मृत्यु भएको हो ।

शनिबार बिहान करिब २ बजे आएको पहिरोले पुरीएर उदयबहादुरका श्रीमती ३७ वर्षीय दुर्गाकुमारी खड्का, छोरी १५ वर्षीया शोभा खड्का, छोराहरु १० वर्षीया अनिष खड्का र ८ वर्षीय मनिष खड्का रहेको परिवार श्रोतले जनाएको छ ।

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने उदयबहादुरको परिवार नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको जग्गामा घर बनाएर बसेका थिए ।

जिल्ला प्रहरी कार्यालयको आवास भवन नजिकैबाट झरेकको पहिरोले घर पुरिएको हो । उदयबहादुर भने भागेर ज्यान जोगाउन सफल भएका छन् । रातिको समयमा पहिरो आएको र उद्वार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको उनले बताए ।

‘म ढोकाको छेउमा सुतेको थिए । श्रीमती, छोरा, छोरी भित्ता पट्टि सुतेका थिए । पहिरो आउनासाथ म भागेँ, उनीहरु भाग्न भ्याएनन् ।’ उदयबहादुर भने, ‘घटना भएदेखि नै म चिच्याएँ । ठूलो पानी परेको कारण कसैले थाहा पाएनन् क्यार, करिब ४ बजे तिर छिमेकीले प्रहरीमा खबर गरिदिए’

शवहरु सिन्धुली अस्पताल लगिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्वार गरेका हो । राती परेको अविरल वर्षाको कारण अन्य क्षेत्रमा भने कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com