केपी ओलीले मुस्ताङमा हावाबाट निकालिएको बिजुली उद्घाटन गर्दैगर्दा बालकोटमा ओलीको घर घेराउ, कसले गर्यो यस्तो? हेर्नुहोस भिडियो

लाइट नेपाल

काठमाडौं – यतिबेला पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली हावाबाट उत्पादित बिजुलीको उद्घाटनका लागि मुस्ताङको चीनसँग जोडिएको उत्तरी सिमाना कोरला आएका छन् । ओलीले कोरला सिमाना, सडकको अबस्था र सीमा क्षेत्रको अबलोकन गरेका छन् ।

ओलीकै पहलमा उत्तरी नाका खुलाउने प्रयास भएको थियो । कालीगण्डकी करिडोर सडकको अवस्था पनि यहि बेला उनले बुझ्ने काम भएको सांसद महेन्द्र शेरचनले जानकारी दिए ।
बुद्ध एयर प्रा.लिको पहलमा हावाबाट बिजुली बालिएकोले यसको उद्घाटन ओलीबाट आजै हुने प्रा.लिका प्रबन्ध निर्देशक पुष्पराज तिमिल्सेनाले जानकारी दिए ।

‘आजै बिजुलीको उद्घाटन हुने र यसको सम्पुर्ण संरचना नेपाल सरकारलाइ हस्तान्तरण गर्नेछौं,’उनले भने, १६ महिनाको मिहिनेतले बिजुली बाल्यौं, अब यसको संरक्षण र संचालनको जिम्मा सरकारको हो ।’ पुर्वप्रधानमन्त्री ओलीले नै हावाबाट बिजुली बाल्ने सोच बनाएकाले उनकै हातबाट उद्घाटन गर्न लागिएको उनले जानकारी दिए ।

स्पेनिस लगानीकर्ता राफेल भेनस पिच र तिमिल्सेना मिलेर हावाबाट बिजुली बाल्न प्रालि खोलेर गत बर्षको बैशाखदेखि काम थालेका थिए । हेर्नुहोस भिडियो:

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com