बढीले पुल भत्काउंदा बांकेमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

सिर्जना

नेपालगन्ज, २८ साउन । बाढीका कारण पुल भत्किदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगतको बाँकेको गन्धेली नाला र गाभर खोलाको पुल बाढीले बगाउदाँ पुर्व पश्चिम राजमार्ग विहानैबाट अवरुद्ध भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए । राप्ती नै बाढीले पुल बगाएका कारण सयौ यात्रुहरु अलपत्र परेका छन् । राजमार्गमा दजनौ रुख समेत ढलेको उनले बताए । उनले सडक विभागको प्राविधिक टोली पुल निर्माणको लागि पुगेको जानकारी दिए ।
उनले भने, ‘रुख त प्रहरीले पन्छायौ तर सडक बनाउन त पुल बनाउन त हामी सक्ने कुरा भएन, सडक विभागको टोली बनाउन भनेर पुगेको छ ।’ यता डुडुवा खोलाले हुलाकी राजमार्गको नेपालगन्ज – कम्दी खण्डमा कटान गरेको छ । डुडुवाको कटानले राप्तीपारी सम्पर्क विहिन भएको छ । डुडुवा खोलाले बेतहनीमा सडक कटान गरेको छ ।

फोटो ऋतम्भरा

© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com