मणि पौडेलले कबिता मार्फत बुबाको मुख हेरे

Rudra

“बा”

हरेक साँझ काँधमा कोदालो बोकेर
थकित हुँदै घरको पिंडीमा थचक्क बस्ने
मेरा बा,

फेरि झिसमिस उज्यालो नहुँदै
कता हो कता हराउने मेरा बा
तिमीलाई सम्झीरहेको यो बखत,
घटना पुरानो भए पनि, स्मरण ताजा छ
हो बा, दिनलाइ साँझमा ढाल्ने
र रातलाइ चिरा पार्दै बिहानीमा ढाल्ने
अरबको बालुवामा हरेक मध्यान्हको
तेजिलो घाम सङ लडाइँ गर्ने
मलायाको बिशाल चार कोषे झाडीमा
सर्पहरुसङ भलाकुसारी गर्ने
इराकको युद्धलाई वास्तै नगरी
आफ्नै जिन्दगीलाई
अफगानको धार सम्झेर
एउटा टुक्रो खब्बुस संग
नुनिलो पानी
घुटुक्क पार्न नपाएर गाँस अड्किदा,

कस्ले सम्झे नि !……..
भन्दै बासी रोटि खाने
छोराछोरीलाई त्यही रोटि ख्वाउन
अभिलाषा बोक्ने मेरा बा ,
यो जिन्दगी नामको रुख सधैं
अपुग मात्र रोपि रहन्छ
अभाव मात्र हुर्काइ रहन्छ
कस्सम भनौं बारु
तिमी भन्दा महान मैले कोहि देखेको छैन ।
धर्ती भन्दा धेरै माथी देख्छु म तिमी लाई
आमालाइ धर्ती देख्ने यो समाजले
तिमीलाई आकाश नभएर
समस्याको अक्कर पहाड सङ जुध्ने
एउटा महान योद्धा नै सोचीदिए
बा प्रतिको सोचाइले
सार्थकता पाउथ्यो कि !……..

यदि तिम्रा सन्तानको निजि बुकमा रेकर्ड भए
सोध न बा ,
कति पल्ट दुस्खको सगरमाथा चढ्यौ रु
अनि कति पल्ट सुखको केचना कलन झर्यौरु
सन्तानको खातिर नढाटि भन त बा !

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com