आंशिक प्राध्यापकहरुले घेरे प्रधानमन्त्री कार्यालय (भिडीयो सहित)

Srijana

काठमाण्डौ, ६ भदौ । लामो समय देखि त्रिभुवन विश्वविद्यालयमा रिले अनसन बसका आंशिक प्राध्यापकहरु सरकारलाई दवाव दिन भन्दै मंगलवार प्रधानमन्त्री कार्यालय सम्म आइपुगेका छन् । उनीहरुले सोमवार दिउसो प्रधानमन्त्री कार्यालयमा धर्ना तथा नारावाजी गरेका छन् । देशभरीका आंशिक प्राध्यापकहरुलाई करारमा नियुक्ति गर्नुपर्ने, आंशिक प्राध्यापकको प्रावधान खारेज गर्नुपर्ने लगायतका ३ बुंदे माग राखेर आंशिक प्राध्यापकहरु एक महिना देखि रिले अनशनमा छन् ।
२९ दिन सम्म त्रिभुवन विश्वविद्यालयमा रिले अनशन गर्दा पनि माग पुरा नभएपछि प्रधानमन्त्री कार्यालय आउनुपरेको नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष शसी कुमार शर्माले बताए ।

“लामो समय देखि वार्तामा छौं , बार्ता कागजमा मात्र सिमित छ, उनले भने आजपनि हामी प्रधानमन्त्री कार्यालय वालुवाटारमा आइपुगेका छौं भने त्रिभुवन युनिभर्सिटीमा २९ दिन रिले अनशन गरीसक्यौं ।”आंशिकको प्राध्यापकको समस्या समाधान गर्ने भनेर सरकारले समिति गठन गरेको भएपनि समितिले काम नगरेको आरोप उनले लगाए । “रिपोर्ट कलेक्ट हुंदैछ भनेर हामीलाई एक महिना झुलाईसके तर काम केही भएको छैन ।” उनले आंशिक प्राध्यापकहरु बैशाख देखि आन्दोलनमा रहेको जानकारी दिए । सरकारले अब पनि माग सुनुवाई नगरे आमरन अनसन, पेन डाउन लगायतका आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिए ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com