“दिदिको अनुपस्थिती”- सन्देश आचार्य

सन्देश आचार्य

सन्देश आचार्य

“दिदिको अनुपस्थिती”

पोहोर जस्तै यो साल पनि
घर शून्य छ दिदी
तिम्रो आगमन नभए पछि
सुसाउने खोला
उर्लिएको आँगनिको झार
तप्किएका बलेसी

आमाको आँशु म कसोरी थेगुला
————————–
घरै छेउको सडकमा मोटरबाट
कोहि ओर्लिए पछि,,,
आमाको मनले तिम्लाई सम्झिन्छ
त्यो आउने तिमी नभएर अरु कोहि
भएपछी,,,
आमाको परेली सम्झन्छन तिमिलाई
——————————
बाबु…
गएर दिदिको झोला बोकेर आ’
आमा बारम्बार भन्नुहुन्छ
म तल माथी-तल माथी गरिरहन्छु
जब दिनहरु साँझमा ढल्छन
आमाका
आशहरु निराशामा बद्लिन्छन
हर दिन….
—————————
विगत जस्तै,,,
यो साल पनि तिज गीत प्रतियोगिता हुदा
तिमी जस्तै ढल्किएर नाच्नेहरु
कम्मर मर्काउनेहरुको कमि हुदैन
तर तिम्रो कमि हुनेछ
—————————
तिजको अघिल्लो रात खाने दर
दर लाग्दैन अचेल
बेकार लाग्छन मलाई
जहाँ तिम्रो अनुपस्थिती
घाँटी सम्मै आएर अड्किरहन्छ ।।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com