उत्तर कोरियाले अत्याधुनिक हाइड्रोजन बम परीक्षण गर्दा ६ दशमलव ३ रेक्टरको भूकम्पको झड्का, जापानदेखि अमेरिकासम्म खैलाबैला

लाइट नेपाल

काठमाडौं, १८ भदौं (एजेन्सी) । परमाण्ु परीक्षणका कारण विश्वको तारो बनिरहेको उत्तर कोरियाले फेरि अत्याधुनिक क्षमताको नयाँ परमाणु हतियारको परीक्षण गरेको छ । उत्तर कोरियाले आज अति नै शक्तिशाली दाबी गरिएको हाइड्रोजन बम बम परीक्षणका कारण ५ दशमलव ६ रेक्टर स्केलको भूकम्पको झड्का महसुस गरिएको अमेरिकी भूगर्भ विज्ञले जनाएका छन् । जसको गहिराई दस किलोमीटर रहेको जनाइएको छ ।

उत्रर कोरियाको यो परीक्षणको विरोधमा दक्षिण कोरियाले राष्ट्रीय सुरक्षा परिषदको बैठक बोलाएको छ । दक्षिण कोरियाली अधिकारिका अनुसार यो झड्काको केन्द्रबिन्दु उत्तर कोरियाको परमाणु परीक्षण स्थल नजिकै रहेको छ । यस्तै भूकम्पमाथि नजर राख्ने चीनिया सस्थांनले पनि यो झड्का परमाणु परीक्षणको हुन् सक्ने जनाएको छ ।

केहीबेर अगाडी मात्र उत्तर कोरीयाली सरकारी समाचार एजेन्सीले नेता किम जोङ उनले हाइड्रोजन बमको निरिक्षण गरिरहेको तस्विरहरु सार्वजनिक गरेको थियो । नेता किम जोङ उनले परमाणु हतियार संस्थानका वैज्ञानिकलाई सो हतियार परीक्षणका लागि निर्देशन दिएको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको थियो ।

उत्तर कोरियाले अत्याधुनिक क्षमताको नयाँ परमाणु हतियारको विकास गरिएको जनाएको थियो । ब्यालेस्टिक मिशाइलमा लोड गर्न मिल्ने दावी गरिएको सो हाइट्रोजन बम अहिलेसम्मको विकसित र अधिक क्षमता भएको बताइएको छ ।

अघिल्लो साता मात्र उत्तर कोरियाले मध्यम दुरीको क्षेप्यास्त्र उत्तरी जापान तर्फको सीमामा प्रहार गरेको थियो जसका कारण त्यहाँका स्थानिय अधिकारीहरुले स्थानीय वासिन्दालाई सुरक्षित रहन सुझाएका थिए । संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र अमेरिकाको धम्किबीच उत्तर कोरियाले पटकपटक परमाणु हतियारको परिक्षण र प्रक्षेपण गर्दै आएको छ । आजको परीक्षणले उत्रर कोरियाका विरोधीका रुपमा चिनिएका अमेरिका, जापान तथा दषिण कोरियामा खैलाबैला मच्चिएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com