मुक्तक प्रतिष्ठानको सिर्जनाबाट सहयोगी हात, बाढीपीडितका लागि गर्यो १ लाख २५ हजार रुपैयाँ सहयोग

लाइट नेपाल

काठमाडौं, २० भदौं । नेपाली मुक्तकको विधागत विकास र विस्तारमा लागेको नेपाल मुक्तक प्रतिष्ठानले आफ्नो स्थापना कालदेखिनै सिर्जनाबाट सहयोगी हात बढाउँदै आएको छ । यसैक्रममा प्रतिष्ठानले तर्राईको बाढी पीडितको सहयोगार्थ काठमाडौंमा गत भदौ १६ गते आयोजित मुक्तक मेलाबाट उठेको १ लाख २५ हजार रुपैँया आज विहान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री शेरवहादुर देउवालाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा प्रम देउबाले देशको विपदको बेला साहित्यकारहरुको यो प्रतीकात्मक सहयोग निकै सरहानीय भएको बताउँदै प्रतिष्ठान परिवारलाई बधाई र शुभकामना दिनुभयो ।

सहयोग रकमको चेक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण समारोहमा प्रतिष्ठानकी सल्लाहकार उषा शेरचन, उपाध्यक्ष वियोगी बुढाथोकी , सविच बादल घिमिरे, कोषाध्यक्ष निशा केसी, सदस्यहरु यादव भट्टर्राई, गुप्तबहादुर श्रेष्ठ,कल्पना श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । प्रतिष्ठानले मेलालाई भव्यताकासाथ सफल पार्न सहयोगी भूमिका निर्वाह गर्ने सबैमा हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com