गीतकार तथा संगीतकार बादल घिमिरेको नेपाली गीतहरुको संग्रह पानी पानी सार्वजनिक

लाइट नेपाल

काठमाडौं – गीतकार तथा संगीतकार बादल घिमिरेले नेपाली गीतहरुको संग्रह पानी पानी सार्वजनिक गरेका छन् । शनिबार राजधानीको मण्डला थियटरमा एक कार्यक्रमको आयोजना गरी गीतिसंग्रह पानी पानीलाई सार्वजनिक गरेका हुन् ।

संगीतकार सुरेश अधिकारी , लक्ष्मण शेष गीतकार डा. नवराज लम्साल , रमेश पौडेलले एकैसाथ एल्बम सार्वजनिक गरेका हुन् । संगीतकार सुरेश अधिकारीले ‘ बादल घिमिरे नयाँ पुस्ताको अब्बल दर्जाको संगीतकार बताए । ‘ डा. लम्सालले बादलको पानी पानी भित्रका गीत नेपाली संगीत बजारले मागे अनुसार भएको बताए । एल्बम सार्वजनिक कार्यक्रममा संगीतकार बादल घिमिरेले संगीतकर्मी कल्याणकारी कोषलाई रू. ५०००/- सहयोग हस्तान्तरण गरे ।

बादल घिमिरेको संगीत रहेको ५ वटा गीत ‘ सानी सानी ‘ ‘ तिम्रो तस्बीर ‘ ‘ सयौं जुनी ‘ ‘ अलि अलि ‘ मा रूपक डोटेल , राजेश पायल राई , रजिना रिमाल , गोपाल ज्ञवालीको स्वर सुन्न सकिन्छ भने राज सिग्देलले गाएको ‘ डा. साब ‘ बोलको गीतमा भने संगीतकार सुरेश अधिकारीले बादललाई साथ दिएका छन् । कार्यक्रममा बर्षा सिवाकोटी अभिनीत ‘ अलि अलि ‘ र कमल सिँह , सन्जु श्ेष्ठ अभिनित ‘ तिम्रो तस्बीर ‘ बोलको गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो । एल्बमलाई चमेरो म्युजिकले बजार ब्यवस्थापन गरेको हो ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com