एप्पलको नयाँ आइप्याड सार्वजनिक, मुल्य ८८ हजार रुपैयाँ

लाइट नेपाल

काठमाडौं, २२ भदौं ।नेपालका लागि एप्पलको आधिकारिक विक्रेता इभोस्टोरले नयाँ आधुनिक ‘आइप्याड प्रो १०.५’ सार्वजनिक गरेको छ । कम्पनीले लाविम महत, शेर्पा महल र मर्कनटायल प्लाजास्थित एप्पलको शोममा यो आइप्याड सार्वजनिक गरेको हो ।

 

प्रोमोटन टेक्नोलोजीको साथमा आइप्याड प्रो चहकिलो तथा कम छायाँ प्रकाशन मात्र नभई अझ उत्तरदायी रहेको जनाइएको छ ।

यो तीन भिन्न रुपमा पाइने छ । ६४ जीवी, २५६ जीवी र ५१२ जीवी दुवै वाइफाई र वाइफाई प्लस कुल माडल्समा यसका मुल्य ८८ हजार रुपैयाँ छ ।

यसले ग्राहकको सुबिधालाई मध्यनजर गर्दै विभिन्न बैङ्क तथा वित्तीय संस्थासंघको सहकार्यमा किस्ताबन्दीको बिकल्प प्रदान गर्दै आएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com