आज बिपी जयन्ती : नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा लोकप्रिय साहित्यकारको रुपमा विपीको सम्मान

लाइट नेपाल

काठमाडौं, २४ भदौ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १ सय ३ औँ जन्मजयन्ती शनिबार नेपाली कांग्रेस र भातृ संगठनले कार्यक्रम गरि मनाउँदैछन् ।
नेपालका दूरदर्शी र आदर्श राजनीतिज्ञका रुपमा परिचित बिपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका बिपी कोइराला २०१५ सालको आम चुनावपछि प्रधानमन्त्री बन्नुभएको थियो ।


कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गर्नुभएको थियो । बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई नेपाली राजनितिमा उदाहरणको रुपमा लिने गरिन्छ ।
कोइराला साहित्यकारका रुपमा समेत निकै लोकप्रिय र चर्चित हुनुहन्छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक मानिने कोइरालाका डेढ दर्जनभन्दा धेरै कृति प्रकाशित छन् ।
कोइरालाका दोषी चश्मा, तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाई, बाबु, आमा र छोरा लगायत कृति लोकप्रिय छन् । बिपीको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com