प्रदेश नम्बर दुईमा असोज २ को हुने निर्वाचिनमा पनि एमाले नै यस कारण पहिलो हुन्छ ! राजनैतिक विश्लेषक साथै लेखक भरत दाहाल (भिडियोसहित)

लाइट नेपाल

माउन्टेन फोकसमा राजनैतिक विश्लेषक साथै लेखक भरत दाहालले ब्यक्त गरेका विचारहरु :-

मधेशबादीहरुको रबैयाले स्थानीय तहको चुनाव नहुने निश्चित जस्तै थियो तर भारत र चीन बीचको बढ्दो दुरीले भारतलाई नेपालको राजनीतिमा ब्यस्त हुने समय नै भएन त्यही भएर तेसैको चरणबद्ध निर्वाचन गराउदै संबिधान संसोधन नभैकन निर्वाचनमा जादिन भनेको राजपा निर्वाचनमा जादै छ ।
जसमा भारतको प्रतक्ष्य दवाबले काम गरेको छ तेसैको नजिता हो प्रधानमन्त्री देउवाको भारतको समयमा भारतीय विदेश सचिबले नेपालको संबिधानबारे भारतको धारणा नबदलिएको जानकारी नै गराए ।

मधेशबादी दलको पछि जनता नरहेको प्रष्ट सन्देश स्थानीय तहको चुनाबले दिएको सन्देशले भारतलाई नेपालप्रतिको रणनीति बदल्न बाध्य भएको छ तर उद्देश्य बदलिएको छैन ।

नेपालमा दलाल नेताहरुले शासक गर्दा देशको यो हबिगत भएको बुझाई दाहालको रहेको छ ।

१२ बुंदेले का कटर आलोचक दाहालले उक्त १२ बुँदेलाई उतरी छिमेकि चीनले आफ्नु बिरुद्धको षडयन्त्रको रुपमा बुझेको दावी दाहालले गरेका छन् । विश्व राजनीतिमा चीनको बढ्दो प्रभावलाई रोक्नको लागि तिब्बतलाई मुद्दा बनाएर चीनलाइ टुक्राउने युरोप अमेरिकी गठबन्धनले नेपालको भूमिलाई जसरी पनि प्रयोग गर्न खोज्दैछन् । यसको लागि यहि देशका सत्ताधारी दलाल नेताहरुलाई प्रयोग गर्दै छ तर यी नेताहरुलाई पनि आफु प्रयोग हुदैछु भन्ने थाहा नहुनसक्छ ।

तेश्रो विश्व युद्दको लागि पश्चिमा शक्तिहरुले ठुलो जनसख्या र ठुलो भूगोल खोज्दैछन् जसको लागि भारत र चीन भन्दा अर्को उपयुक्त अरु नभएको हुदा यी दुई देशको भिडन्त गराउने योजनामा हात धुएर लागेको बुझाई दाहालको छ ।

हेर्नुस बेजोड अन्तर्वार्ता

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com