बिदेशमा भएका श्रीमानलाई यसरी धोका दिन्छन नेपालमा श्रीमतीले जानी राखौं

लाइट नेपाल

पछिल्लो समय पारपाचुक गर्ने जोडी निक्कै बढेका छन् । हुन त मन नै नमिले पछि अलग्गिनु नै राम्रो हो । तर, श्रीमतीका तुलनामा धेरै श्रीमानहरुले श्रीमतीलाई धोका दिने गरेका छन् । त्यसो त श्रीमतीले श्रीमानलाई धोका दिदै नदिने भन्ने होईन ।

 

तथापी तुलनात्मक रुपमा श्रीमानले श्रीमतीलाई बढी धोका दिन्छन् । मैरिटल एण्ड फ्यामिली थेरापीले सन् २०१२ मा गरेको सर्वेक्षणका अनुसार २२ प्रतिशत विवाहित पुरुषले आफ्नी श्रीमतीलाई धोका दिएका थिए भने १४ प्रतिशत पुरुष यस्ता थिए जसले श्रीमतीबाट धोका पाएका थिए । तर, आज महिलाले श्रीमानलाई किन धोका दिन्छन् त्यसका बारेमा चर्चा गरौं ।

सर्वेक्षणले देखाएका ६ कारणहरु यसप्रकार छन: १. जब महिलाले आफ्नो श्रीमान वा ब्वाईफ्रेण्डबाट महत्व र आफ्नोपन पाउँदैनन्, जसको उनीहरु अपेक्षा गर्दछन् तब उनीरुको मनमा अन्य पुरुषको ख्याल आउने गर्दछ । यही ख्यालले नै उनीहरुलाई आफ्नो श्रीमानलाई धोका दिनका लागि प्रेरित गर्दछ ।

२. कतिपय अवस्थामा महिलाहरु बदला लिनका लागि पनि आफ्नो श्रीमानलाई धोका दिने गर्दछन् । यदि उनीहरुले आफ्नो प्रेमी वा श्रीमानबाट धोका पाएको अवस्थामा उनीहरु त्यसको प्रतिशोध लिनका लागि उनीहरुलाई पनि धोका दिने गर्दछन् ।

३. कतिपय अवस्थामा शारीरिरक सम्बन्धमा असन्तुष्टि भएका कारण पनि महिलाहरुको मनमा आफ्नो श्रीमानलाई धोका दिने कुरा उत्पन्न हुने गर्दछ ।

४. महिलाहरुले आफ्नो पुरुष पार्टनरबाट शारीरिक बनावटका विषयमा टिकाटिप्पणी सुन्नुपर्ने हुन्छ । जस्तो कि तिम्रो फिगर उसको जस्तो छैन, तिम्रो रंग दविएको छ आदिआदि । यस्ता कुराले महिलाहरुलाई मन पर्दैन । र, उनीहरु स्वयमलाई सावित गर्नका लागि अन्य पुरुषतर्फ सल्कने गर्दछन् ।

५. जब कुनै महिला कुनै पुरुषमाथि निर्भर हुन्छन् तब उनीहरुका लागि आफ्नो पार्टनरका साथ रहनु बाध्यता बन्छ । अधिकांश महिला जो महिला आत्मनिर्भर हुन्छन् उनीहरु आफ्नो स्वाभिमानलाई सबैभन्दा माथि राख्दछन । जब उनीहरुको स्वाभिमान खतरामा परेको आशंका गर्दछन् तब उनीहरु आफ्नो पार्टनरलाई छोड्न समय लगाउँदैनन् ।

६. जीवनमा केही नयाँ प्रयोग गर्ने उद्देश्यले पनि महिलाहरु आफ्नो श्रीमानलाई धोका दिन तयार हुन्छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com