श्रीमानसँगै यात्रामा हिँडेकी महिलाको बाटोमा अर्कैसँग ‘लभ’ परेपछि….

Srijana

काठमाण्डौँ । घरबाट श्रीमानसँगै हिँडेकी एक महिलाको यात्राकै बीचमा अर्कै व्यक्तिसँग माया बस्यो ।घरबाट निस्किदा श्रीमानसँग हिँडेकी ती महिलाको बाटोमा अर्कैसँग लभ परेपछि घटनाले नाटकीय रुप लिएको छ ।

अहिले उनी ती श्रीमान् र दुई छोराछोरीलाई छोडेर प्रेमीसँग जाने अडानमा छिन् । भारतको मध्य प्रदेशमा यस्तो घटना भएको हो ।

ती महिला केही समयअघि आफ्ना श्रीमानसँग ट्रेनमा दिल्ली जाँदा ट्रेनमै उनको एक व्यक्तिसँग चिनजान भयो । अहिले त्यही चिनजान प्रेममा बदलिएपछि ती महिला आफ्ना श्रीमान् र छोराछोरी छोडेर जाने अडानमा पुगेकी हुन् । उनले श्रीमानसँग सम्बन्धविच्छेदको माग गर्दै पुलिस परिवार परामर्श केन्द्रमा निवेदन दिएकी छिन् ।

२३ वर्षकी अर्चना कुशवाहले ७ वर्षअघि तेजसिंह कुशवाहसँग प्रेम विवाह गरेकी थिइन् । उनका श्रीमान तेजसिंह फ्याक्ट्रीमा मजदुरी गर्छन् । महिलाले आफूले मोवाइलमा अरुसँग कुरा गर्दा आफ्ना श्रीमानले शंका गर्ने र यसका कारण घरमा झगडा भइराख्ने बताइन् ।

ती महिलाका अनुसार ट्रेनमा दिल्ली जाँदा भेट भएका युवकसँग उनको अहिले पनि दैनिकजस्तो फोनमा कुरा हुन्छ । यो कुरा श्रीमान् तेजसिंहलाई मन नपरेपछि उनले यसको विरोध गरे ।

तेजसिंहको विरोध मन नपरेपछि पत्नी अर्चनाले अहिले तेजसिंहसँग सम्बन्धविच्छेद गर्ने अडान लिएर बसेकी छिन् । काउन्सिलरले उनलाई सम्झाउन निकै प्रयत्न गरे पनि उनले सम्बन्धविच्छेदको अडान नछोडेको बताइएको छ ।एजेन्सी

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com