सुदर पश्चिमेलीहरुले कतारमा गौरा पर्बको अबसरमा सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन गरे

Rudra

महेश कार्की कतार ११ सेक्टेम्बर । सुदुर पश्चिम सेवा समाज कतार द्वारा आयोजित सुदुर पश्चिम् को मौलिक तथा नेपाली र्राष्ट्रिय पर्व गौरा को अवसरमा सस्थाको दोस्रो वार्षिक उत्सव बिशेश सास्कृतिक कार्यक्रमको आयोजना गर्दै र्राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुतिका साथमा गत ८ सेक्टेम्बर २०१७ शुक्रबारदिन दोहाको गल्फ प्याराडाइज सभा हलमा भब्य र सब्य रुप मा सम्पन्न गरेका छन् ।

कतार का लागि नेपालि राजदुतावास का मुख्य सचीव को प्रमुख आतिथ्य मा भएको कार्यक्रम मा सस्था का संरक्षक नरेन्द्र भाट एनआरएन कतार का अध्यक्ष नवीन पोख्रेल लगायत कतार मा रहेका विभिन्न विशिष्ट ब्याक्तित्व को बिशेश आतिथि रहेको थिए। कतार सस्थापित विभिन्न सामाजिक संघसंगठनका प्रमुख तथा प्रतिनिधि , समाजसेवी , पत्रकार ,खेलाडी लगायत का ब्याक्ती हरु को आतिथ्य रहेको कार्यक्रम को सभापतित्व सस्था का अध्यक्ष अमृत शाही ले गर्नु भएको थियो ।

सुदुर तथा गएर सुदुर पश्चिमेलि को बाख्लो उपस्थिति रहेको कार्यक्रम मा नेपाल बाट आएका चर्चित गायक टंक तिमिल्सिना , बादल थापा , गायिका अनिता चलाउने तथा जापान बाट आएका गायक दिलेन्द्र जोशी, गायिका देबिका केशी,गायक रितकुमार श्रेष्ठ लगायत अन्य कलाकारहरु ले विभिन्न बिधा का गित जस्तै डेउडा , आधुनिक,पप तथा दोहोरी गित हरु गाएर दर्शक लाई भर्पुर मनोरञ्जन गराएका थिए ।

कतार मा रहेका स्थानिय कलाकार ले पनि विभिन्न सास्कृतिक प्रस्तुति दिएर दर्शक लाई अझ रमाइलो गराएका थिए भने सु प सास्कृतिक परिवार का कलाकार ले विभिन्न सु प को सस्कृती झल्काउने डेउडा तथा छलिया नाच देखाएर कार्यक्रम लाई झन आकर्षक तथा बनाएका थिए।कार्यक्रमका प्रमुख अतिथि ,बिशेश अतिथि र अतिथि द्वारा कार्यक्रम को ब्यानर अनावरण तथा दीप प्रजलन सहित गौरा माता को मुर्ति लाई कार्यक्रम स्थल परिक्रमा गराउदै कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम लाई सहयोग गर्ने सहयोगी सस्था ,मिडिया तथा सहयोगी ब्याक्ती र कलाकार लाई सम्मान पत्र सहित सम्मान गररिएको थियो भने कार्यक्रम अनिता चलाउने र गणेश तिरुवा ले संचालन गरेका थिए ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com