खेलिरहेका दुई दिदीभाइको रक्सी खाएका सुरक्षाकर्मीद्वारा गोली हानी हत्या

लाइट नेपाल

बीबीसी / उत्तर प्रदेशको एटा जिल्लामा सोमबार रक्सीको नशाले मात्तिएका एक सुरक्षाकर्मीले गोली हानेर दिदीभाइको हत्या गरेका छन् ।

एटा पुलिसका अनुसार आरोपी योगेन्द्र उर्फ छोटे सिंह यादवलाई पक्राउ गरेको छ । उक्त घटना अलिगंज क्षेत्रको जसरथपुर थानाक्षेत्रको देवतरा गाउँको हो ।


एटाका वरिष्ठ पुलिस अधिक्षक अखिलेश कुमार चौसासियाले बीबीसीलाई भने, ‘घटना सोमबारको हो । आरोपी रक्सीको नशामा पीडित परिवारको घर बाहिर थिए । दिदीभाइका आमाले जब उनीहरुलाई त्यहाँबाट जानका लागि भने तब उनले घरबाहिर खेलिरहेका दिदीभाइमाथि लाइसेन्स भएको बन्दुकमार्फत गोली हाने ।’

गोली लागेपछि दिदीभाइ तीन वर्षका शान मोहम्मद र ६ वर्षीया गुल–अफशाको घटनास्थलमा नै मृत्यु भयो जबकी एक बालिका घाइते भएकी छिन् जसको उपचार चलिरहेको छ । पुलिसका अनुसार घाइते बालिका खतरामुक्त छिन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com