निशान भट्टराई क्रेज : कुनै दिन त्यहि बाटो हिड्दा कसैले नचिन्ने निशानलाइ आज नेपाल आइडलले दियो यस्तो पहिचान, यसरी तताए पुर्वका बिभिन्न सहरमा, उपस्थित भए हजारौ समर्थकहरु (भिडियोसहित)

लाइट नेपाल

झापा । पहिलो पटक नेपालमा आयोजना गरिएको नेपाल आइडलमा टप ३ मा पुग्न सफल मोरङ उर्लावारीका गायक निशान भट्टराइले पूर्वको विभिन्न ठाउँहरुमा आज आफ्नो प्रस्तुती दिएका छन् ।


उनि मंगलवार पूर्वका बिभिन्न शहरहरुमा आफ्ना समर्थक तथा शुभेच्छुकहरुसंग भेटघाट गर्ने क्रममा सुनसरी, मोरङ र झापाका विभिन्न शहरहरुमा आएका हुन ।

बाल्य अबस्थादेखिनै गीत गाँउदै आएका भट्टराइ नेपाल आइडलबाट एक्कासी चर्चाको शिखरमा पुगेपछि सेलिब्रेटी भएर मंगलवार बिहान काठमण्डौ बिराटनगरको पहिलो उडानमा गृह जिल्ला आएका हुन् ।

गृहनगरमा निशानलाई हौसला प्रदान गर्न हजारौँ सर्वसाधारणको घुइँचो रहेको छ। प्रहरीको उच्च सुरक्षामा भएको कार्यक्रममा विभिन्न उमेर समूहका संगीत प्रेमीले खुलेर निशानको प्रशंसा गरे। निशानले ‘आफ्नै गाउँ फर्किआएँ’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका गीतले आप्mना समर्थकलाई मनोरञ्जन दिएका छन्।

निशानले मंगलबार विराटनगर, इटहरी, विराटचौक, पथरी, मंगलबारे लगायतका स्थानमा पुुगेर समर्थकलाई भोटको अपिल गर्दै सांगीतिक प्रस्तुति पस्केका छन्।विराटनगरको कञ्चनवारी चौकमा भएको कार्यक्रममा निशानको हौसला बढाउन विराटनगर महानगरपालीकाका मेयर भिमप्रसाद पराजुली पुगेका थिए। उनले निशान क्षमतावान व्यक्ति भएको भन्दै एपीवानले उनको क्षमताको उजागर गरेको बताए। पराजुलीले उनका लागि भोटको अपिल गर्दै नेपालको पहिलो नेपाल आइडल चुन्न सबैलाई आग्रह गरे।

इटहरीमा हजारौँ दर्शकको भिड थेग्न नसकेपछि कार्यक्रमको बीचमै उनलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यलय इटहरी लगिएको थियो। प्रहरी कार्यलयबाहिरै पुगेर समर्थकले नाराबाजी गर्न थालेपछि उनलाई इलाका प्रहरी कार्यलर्यका डीएसपि संजय राउतले आप्नै प्रहरी भ्यानमा राखेर इटहरीको बोर्डर रहेको बुढी खोला पार गराएका थिए।

हेरौँ उनले गाएको गित:-

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com