वीर्य स्खलनपछि फेरि यौनसम्पर्क बच्चाकाे सम्भावना कति ?

लाइट नेपाल

कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । पहिलो कुरा त शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको समय हुनु जरुरी छ ।

महिलामा डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएका महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै बढी हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने शुक्रकीट महिलाको प्रजनन अङ्गभित्र ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ । त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारण हुन सक्ने समय मानिन्छ, तर महिनावारी ठिक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही फरक पर्न सक्छ ।

तपार्इंलाई थाहै होला कन्डम एउटा प्रभावकारी गर्भनिरोधको साधन हो, तर यसको प्रयोग सही तथा नियमित तरिकाले गर्नुपर्छ । सामान्य रूपमा कन्डम प्रयोग गर्दा यसको प्रभावकारिता यस्तै ८२ प्रतिशत हुन्छ, अर्थात् १ सय जना महिलाले यसलाई प्रयोग गर्दा एक वर्षमा सालाखाला यस्तै १८ जना महिला गर्भवती हुन सक्छन् । यसको अर्थ के पनि हो भने कन्डम नै प्रयोग गर्दा पनि एक हदसम्म गर्भ रहन सक्छ ।

लिङ्गबाट निस्कने सेतो पदार्थ नै वीर्य हो, त्यसैले यसलाई वीर्य स्खलन भनिन्छ । यही वीर्यमै शुक्रकीट हुन्छन् । वीर्य स्खलन भैसकेपछि कन्डम फुकाल्नासाथ यौनसम्पर्क गरेको हो कि ? त्यसपछि लिङ्गलाई पानीले पखालियो कि पखालिएन वा त्यसपछिको यौनसम्पर्क तुरुन्तै भएको हो कि केही घण्टापछि भएको हो ? वीर्य स्खलनपछि फेरि यौनसम्पर्क गर्नुअघि पिसाब फेरियो कि फेरिएन ? जस्ता कतिपय कुराका आधारमा गर्भ रहनेरनरहने सम्भावना बढी वा कम हुन सक्छ ।

वीर्य स्खलनपछि पिसाब फेर्दा भने मूत्रनलीमा भएका शुक्रकीट पखालिने भएकाले गर्भको सम्भावना कम हुन्छ । कुरा जे भए पनि वीर्य स्खलन भैसकेपछि मूत्रनलीमा केही शुक्रकीट हुन सक्छन् र त्यसले गर्भ बसाउन सक्छ । तपाईंहरूले यौनसम्पर्कलाई निरन्तरता दिनुको अर्थ तपाईंको केटासाथीमा यौन उत्तेजना कायमै थियो भन्ने बुझिन्छ । यस्तो स्थितिमा वीर्य स्खलनअघि आउने रसमा पनि शुक्रकीट हुन सक्छन् भन्ने कुरा बिर्सनु हुँदैन ।

अर्को कुरा, यसरी यौनसम्पर्क हुँदा महिनावारी चक्रको कुन समयमा हुनुहुन्थ्यो भन्ने कुनै जानकारी छैन । यदि उक्त घटना डिम्ब निष्कासन हुने बेलातिर भएको भए गर्भ रहने सम्भावना बढी हुन्छ भने महिनावारी हुने वा भएको बेलातिर भए न्यून । श्रोत – ब्लास्ट खबर 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com