गोर्खाल्याण्ड आन्दोलन प्रति ममता बनर्जी निर्दयी, आन्दोलनरत पक्षका सबै माग अस्वीकार

Srijana

काठमाण्डौ, २८ भदौ । भारत वंगालकी मुख्य मन्त्री ममता बनर्जीले गोर्खाल्याण्ड आन्दोलनमा रहेका आन्दोलनकारीका सबै माग अस्वीकार गरीदिएकी छन् । सिलिगुडीमा भएको वार्ताका क्रममा आन्दोलनरत पक्षले राखेका सबै माग अस्विकार गरिदिएकी हुन् । गोर्खाल्याण्ड आन्दोलन चर्किएको बुधवार ९० दिन पुरा भइसकेको छ ।

आन्दोलनकारीहरुले सरकारसंग त्रिपक्षिय वार्ताको माग राखेका छन् । छुट्टै गोर्खाल्याण्डको माग आफ्नो तह वाट समाधान गर्न नसक्ने जवाफ दिएकी बनर्जीले त्रिपक्षिय वार्ताका लागि कानुनी समस्या भएको बताएकी छन् ।

उनले वार्तामा गोर्खाल्याण्ड आन्दोलनमा मृत्यु भएका परिवारलाइ क्षतिपूर्ति दिने, चिया बगानका श्रमिकको समस्या समाधान गर्ने विषयमा भने विचार गर्न सकिने बताएकी छन् । आन्दोलनरत पक्षका तर्फवाट अमर सिंह राई, सरिता राई लगायतका सहभागी भएका थिए । उनीहरुले आफुहरु बंगालवाट छुट्टीएर बस्न चाहेको बताएका थिए ।

बनर्जीले उनीहरुको माग सुनुवाई नगरे पछि मोर्चाका नेताहरुले गोर्खाल्याण्ड प्राप्त नहुदा सम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।
मोर्चाका नेता बिमल गुरुङले माग पुरा नभए सम्म बन्द नखुल्ने बताए ।

गोर्खाल्याण्डको माग राख्दै भएको दार्जीलिगंको आन्दोलनका कारण त्यहां झण्डै तीन महिना देखि संचार सेवा अवरुद्ध भएको छ । वंगाल सरकारले इन्टरनेट सेवा बन्द गरेपछि सञ्चार सेवा बन्द भएको हो । त्यहांवाट प्रशारण हुने नेपाली भाषाका टेलिभिजन च्यानलहरु समेत बन्द गराईको छ ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com