यी हुन् मधेशमा चुनावमा उठेकी एमालेकी रामेश्वरी चौधरी, जो दश पुरुष उम्मेदवार संग भिड्दै छिन्

लाइट नेपाल

रमेश तिमलसिना,रौतहट ।असोज दुईको स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिकाको नगर प्रमुख एमालेकी रामेश्वरी चौधरी दश पुरुष उम्मेदवार संग भिड्नु भएको छ ।
एक थारु समुदाय कि महिला चौधरीलाई नेकपा ( एमाले) ले उम्मेदवार वनाएको हो ।

नगर प्रमुखको उमेदवार बनेकी रामेश्वरी चौधरीले अन्य दश पुरुष नगर प्रमुखका उमेदवारलाइ निर्वाचनमा हराएर नगर प्रमुख पदमा निर्वाचित हुने ठोकुवा गर्नुभयो ।

रौतहटमा ५ जना महिलाहरुले नगर प्रमुखमा उमेदवारी दिएका छन् । तर, यहाँ भने चौधरीले झण्डै एक दर्जन पुरुष संग भिड्नु पर्छ । नगरवासीकै आग्रहमा चुनावमा उम्मेदवार वनेका कारण पनि सवैले आफूलाई सहयोग गर्नेमा चौधरी ढुक्क हुनुहुन्छ । महिलाहरु वुर्का र घरमा मात्र सिमित हुने ठाउँमा महिलाले पनि नगरपालिका सञ्चालन गर्न सक्छ भन्ने उदाहरण पेश गर्नुपर्ने चुनौती रहेको चौधरीले वताउनु भयो ।

नगरपालिकाकोमा धेरै समस्याहरु भएका र यसको भौतिक विकासका लागि नै आफू उम्मेदवार वनेको उहाँले वताउनुभयो । नगरपालिकामा हुने न्यूनतम मापदण्ड पुरा गर्ने पहिलो लक्ष्य लिनु भएकी चौधरीले नेकपा(एमाले)को नीति र सिद्धान्तका कारण पनि विकासका काम गर्न सजिलो हुने प्रतिकृया दिनुभयो ।

नगरबासीले पाउने पर्ने सम्पूर्ण सेवा सुबिधा ब्यबस्था गर्नुलाई प्रमुख लक्ष्य लिनु भएकी चौधरीले आफ्नो विजयमा ईतिहास निर्माण हुने पनि वताउनुभयो । यो गाउँ नै गाउँको नगरपालिका भएको हुँदा किसानहरुको आर्थिकस्तर उकास्न लाग्नु पर्ने उहाँले योजना सुनाउनु भयो ।

गुजरा नगरपालिकामा अधिकांश थारु समुदायको बसोबास भएको र यहाँका थारु समुदाय धेरै पछि पारिएको कारण तिनीहरुको उत्थानमा आफ्नो विजय आवश्यक भएको चौधरीको भनाई छ ।
‘यस नगरको बिकास गर्न निवास्र्थ रुपमा काम गर्ने मान्छेको आवश्यक छ । त्यो संभावना म मा देखेका कारण नगरवासीले मलाई उम्मेदवार वन्न हौस्याउनु भएको हो’,उहाँले भन्नुभयो,‘त्यसकारण मैले जित्छु ।’ नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट शेख दाउद,नेकपा माओवादी केन्द्रको तर्फबाट पलट चौधरी,राष्ट्रिय जनता पार्टीको तर्फबाट सन्तलाल चौधरी लगायतकाले नगर प्रमुखमा उमेदवारी दिएका छन । सो नगरपालिकामा साबिक कनकपुर ,रंगपुर,प्रतापपुर पल्टुवा,सिमरा भवानीपुर र लक्ष्मीपुर दोस्तीया गाबिसहरु समाबेश गरिएको छ ।

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com