२ नम्बर प्रदेशमा छमछमी नाचेर भोट माग्दै एमले नेतृ शान्ता चौधरी, यसरी उर्लियो शान्ताको साथमा जनलहर (हेर्नुहोस भिडियो सहित)

लाइट नेपाल

औराही बारा २८ भदौ – बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा औराही भन्ने स्थानमा बुधवार नेकपा एमालेले चुनावी सभा आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि थिइन्, पूर्वसांसद एवं नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरी ।

एमालेको तर्फवाट मेयरमा उम्मेदवार डा. कृष्ण पौडेल केहीबेर सभामा सहभागी भएर फर्किहाले । मेयरका उम्मेदवारले भोजपुरी भाषामा भाषण गरेर फर्केपछि थारु बाहुल्य रहेको औराहीमा शान्ता चौधरीले भाषण शुरु गरिन् । ‘एमाले मधेस विरोधी पार्टी होइन, तपाईहरूको सेवक पार्टी हो’ झण्डै २ सय ५० को संख्यामा उपस्थित भेलालाई सम्बोधन गर्दै शान्ताले भनिन्, ‘दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्छ ।’

उनले सभामा थारु महिलालाई पढ्न र सीप सिक्न उत्प्रेरित गरिन् । ‘म संसदको प्राकृतिक स्रोत साधन समितिको सभापति हुँदा अरुले लेखेको पनि पढ्न जान्दिन थिएँ, तर इच्छाशक्ति भए सकिंदो रहेछ’ स्थानीय महिलाहरुलाई पढ्न प्रोत्साहित गर्दै भनिन्, ‘अर्को बर्ष एसइइ दिने तयारीमा छु ।’

उनले परिपक्क नेताहरूको शैलीमा भाषण गरेर सर्वसाधारणको मन जितिन् । केही युवालाई खादा ओडाएर पार्टी प्रवेश गराइन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com