राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विधेयक संसदमा पेश हुदै

Srijana

काठमाण्डौ, २८ भदौ । सरकाराले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा संसदमा विधेयक पठाउने तयारी गरेको छ । त्यसका लागि दुई तहका सांसदहरुमा एक सांसद वरावर कती मत हुने भन्ने विषयमा मतभार निर्धारण गरिएको छ ।
प्रदेश र संघको निर्वाचन पछि दुई तहमा सांसदको संख्या ८ सय ८४ हुनेछ । जसमा संघीय संसदका ३३४ र प्रदेश सभाका ५५० सांसदहरु राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्नेछन् ।
सरकारले संघीय संसदको एकजना सांसदको मतलाई ७९ मत बराबर मान्ने छ भने प्रदेश सभाका एक जना संसादले दिएको मतलाई ४८ मत वराबर मान्ने छ ।
राष्ट्रपति र उपराष्ट्रपतिलाई उम्मेदवार बन्न २५ जना समर्थक र प्रस्तावक चाहिने ब्यवस्था प्रस्तावित विधेयकमा छ ।

कानुन मन्त्रालयले सो विधेयक अहिले मन्त्रीपरिषदमा पठाएको छ । मन्त्रीपरिषलले संसदमा पठाउने तयारी गरेको हो । सो प्रस्तावमा राष्ट्रपति र उपराष्ट्रपतिका लागि कुल मत संख्या ५२ हजार ७ सय ६ निर्धारण गरिएको छ । कानुन मन्त्रालयले मतको यो संख्या २०६ सालको जनगणनाका आधारमा निर्धारण गरेको हो । यो प्रस्ताव संसदमा पेश भएर पारीत भएपछि निर्वाचनका लागि कानुन बनाउने प्रकृया सुरु हुनेछ ।

 

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com