खुल्यो प्रतापको गर्लफ्रेण्डको रहस्य, मागिन् लगनखेलमा खुलेरै प्रतापलाई भोट (भिडियोसहित)

लाइट नेपाल

काठमाण्डौ २७ भाद्र । “प्रताप दासको मलाई सबै कुरा मन पर्छ । मान्नुस् म प्रतापको हाईएस्ट गर्लफ्रेण्ड हुँ । उहाँले मलाई चिन्नु पनि हुन्न तर मैले उहाँलाई साँच्चिकै प्रेम गर्छु । यदि प्रतापको सामु फेरी नजिक हुने मौका मिल्यो भने म आफ्नो मनको कुरा उहाँलाई भनि दिन्छु । आई रियली डु लभ प्रताप, एण्ड प्रताप ईज माई लाईफ हीरो ।” बिराटनगरकी आँचल बस्नेतको भनाई हो यो ।

आँचल आफुलाई प्रताप दासको सबै भन्दा ठुलो फ्यान भन्न रुचाउँछिन् । फ्यान मात्र हैन उनी आफुलाई प्रताप दासको गर्लफ्रेण्ड भन्न मन पराएको बताउँछिन् । “माया एकतर्फि होस् या दुईतर्फि माया त माया हो नी । मेरो माया एकतर्फि भए त के भयो मेरो प्रेम हो प्रताप ।” आँचल मुस्कुराउँदै भन्छिन् ।

नेपाल आईडलको टप थ्रीमा पुग्न सफल प्रतापको विषयमा आँचलले मन खोलेर ललितपुरको लगनखेल स्थित बसपार्कमा सबैलाई जिल्लै पार्ने प्रतापप्रतिको आफ्नो मनको कुरा सार्वजनिक गरेकी थिईन् ।

बुधबार आफ्नो गृह जिल्लामा दर्शक माझ प्रत्यक्ष रुपमा भेटघाट गर्दै भोट अपिल गर्न नोपल आईडलले अनुमति दिएपछि प्रताप ललितपुरको लगनखेल स्थित बसपार्कमा पुगेका थिए । दिउँसो १ बजेदेखि प्रताप उक्त ठाउँमा पुग्नु पर्ने थियो । तर प्रविधिक कारण प्रताप ४ बजे मात्र कार्यक्रम स्थलमा पुगेका थिए ।

झण्डै ३ घण्टासम्मको लामो पर्खाईपछि प्रतापको आगमन भयो । प्रतापलाई त्यस ठाउँमा प्रत्यक्ष रुपमा पाएपछि दर्शहरुमा बेग्लै खुशि छाएको थियो । त्यही खुशि मध्यको एउटा खुशि थियो आँचल बस्नेतको पनि । आँचललाई प्रतापसंग कतिबेला प्रेम भयो उनलाई नै थाहा छैन । “प्रतापले यदि मलाई प्रस्ताव राख्यो भने त म सिधै एस भनि दिन्छु ।” आँचल भन्छिन् ।

प्रतापलाई बेहद रुचाउने र माया गर्ने आँचललाई आफु प्रतापको घर नजिकै बसेको छु भन्ने पनि थाहा थिएन रे । “म बसेको घरबाट प्रतापको घर पुग्न जम्मा १५ मिनेट लाग्छ तर मलाई थाहा थिएन कि म प्रतापको नजिकै बसेकी छु भन्ने ।” आँचलले सुनाईन् ।

नेपाल आईडलको मञ्चबाटै मन साँट्न पुगेकी आँचल भन्छिन्,“अरुलाई जस्तै मलाई पनि उहाँको नजिक जान मन पर्छ । म उँहाको नजिक जानकोलागि दुई पटक सम्म नेपाल आईडलको मञ्चमा गएकी छु । प्रताप दासलाई मैले नजिकबाट नेपाल आईडलको मञ्चमा उहाँसंगै सेल्फि खिच्दा भेटेकी थिएँ । त्यतिबेला मेरो हात काँपेको थियो ।” उनले हाँस्दै केही दिन पहिलाको बिगत सुनाईन् ।

प्रतापको कुनैपनि कार्यक्रम नछुटाएकी आँचलले साँच्चै नै प्रतापलाई मन पराएको कुरा उनीसंगै उनको साथमा प्रतापको कार्यक्रम हेर्न गएकी साथीले पनि बताईन् । लाईट नेपालसंगको कुराकानीमा आँचलले आफुले मात्र हैन आफ्ना सबै फ्यानहरुलाई प्रतापकोलागि भोट अपिल गरेको पनि बताईन् ।

प्रताप नै नेपाल आईडल बन्छ भन्दै प्रतापलाई नै नेपाल आईडल बनाईदिन लाईट नेपालको कुराकानीमा उनले दर्शक दिर्घाको माझबाट यसरी भोट अपिल गरिन्, “मलाई विश्वास हामी सबैको भोटले आज प्रताप नेपाल आईडलको तेश्रो राउण्डमा छ । उस्लाई अझैं धेरैभोटको खाँचो छ । प्लिज म सबै देश तथा विदेशमा रहनु भएका नेपालीहरुलाई मैले माया गर्ने मान्छेलाई भोट गरिदिन रिक्वेस्ट गर्छु ।”

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com