रौतहटमा राजपाका मेयर उम्मेदवारका भतिजको हत्या भएपछि परिस्थिती असहज, सुरक्षा ब्यवस्था कडा

Srijana

काठमाण्डौ, २८ भदौ । रौतहटमा राजपाका मेयर उम्मेदवारका भतिजको हत्या भएपछि माओवादी केन्द्र र राजपा बिच वैमनस्यता उत्पन्न भएको छ ।

मौलपुर नगरपालीकाका मेयरका उम्मेदवार रवीन्द्रकुमार पटेलका भतिज १५ वर्षीय बलवीरको हत्या भएपछि राजपाले त्यसको आरोप माओवादी केन्द्रलाई लगाएको छ । राजपाले बलवीरको हत्यामा माओवादी कार्यकर्ताको हात रहेको आरोप लगाएको छ ।

त्यसपछि त्यहां असहज अवस्था आउन सक्ने भन्दै प्रहरीले सुरक्षा ब्यवस्था कडा पारेको छ । चुनाव प्रचारमा रहेका बलवीरलाई माओवादी कार्यकर्ताले कुटपीट गरी हत्या गरेको आरोप राजपाले लगाएको हो । राजपाका रौतहट संयोजक शेख जमसैदले विज्ञप्ती जारी गरी घटनाको छानविन तथा दोसीलाई कारवाहीको माग गरेका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com