Light Nepal

काठमाडौँदेखि निजगढसम्म जान आउन अब एक घण्टामा । त्यो सपना पुरा हुन अब केही समय मात्र बांकी ।

 

काठमाडौँ, ८ असोज / रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँदेखि निजगढसम्म जोड्ने द्रुतमार्ग निर्माण कार्य सेनाले जिम्मा लिएकाले निर्धारित समयभित्र पूरा हुने बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघ तथा युनेस्को सङ्घले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री प्रधानले करिब १२० किमी दूरीको सो सडक पूरा गर्न करिब रु एक खर्ब लागतको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उक्त मार्गका लागि करिब नौ किमी सुरुङ मार्ग र ९९ वटा हाइब्रिज निर्माण गर्नुपर्ने जानकारी दिँदै उहाँले सेनाले जिम्मेवारी लिएका आयोजना समयसीमाभित्र सम्पन्न भएको बताउनुभयो ।

मन्त्री प्रधानले सो आयोजना पूरा भएपछि यातायात सञ्चालन हुँदा एक घण्टामा आउन तथा जान सकिने हुँदा त्यस आसपास क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार भई रोजगारी तथा आर्थिक गतिविधि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले मुलुकमा दिगो विकास लक्ष्य हासिल गर्न गरिबी न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्