बुढीगण्डकी चिनिया कम्पनीलाई दिने निर्णय कानुन विपरीत भएको ठहर, तत्काल खारेज गर्न संसदिय समितिको निर्देशन ।

Srijana

काठमाडौ, ९ असोज । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय कानुन सम्मत नभएको भन्दै तत्काल खारेज गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषद,उर्जा मन्त्रालयबाट भएको सो निर्णय निर्णय नेपालको प्रचलित नियम कानुन विपरित भएको समितिले ठहर गरेको छ । खुला प्रतिस्पर्धा नगराई गरिएको सो निर्णय खरिद ऐन विपरीत भएको समितिले ठहर गरेको हो । समितिले गजुवा चिनिया कम्पनी असफल कम्पनी भएको समेत जनाएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारले बुढीगण्डकी आयोजना चिनिया कम्पनीलाई दिने निर्णय गरेको थियो । अहिले गृहमन्त्री रहेका जनार्दन शर्मा उर्जा मन्त्री हुंदा भएको सो निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् ।

१२ सय मेगावाट क्षमताको सो आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न निर्देशन दिएका हुन ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com