चिनले पठाएको आधुनिक मेसिनले यस्तो काम पो गर्ने रैछ ।

Srijana

काठमाण्डौ, ११ असोज । सिचाई मन्त्री सञ्जय गौतमले भेरी बबई डाइभर्सनमा प्रयोग भएको प्रविधी र आयोजनाले देशलाई नै नयाँ युगमा प्रवेश गराउन सहयोग पुग्न बताउनुभएको छ ।

भेरी बबई डाइभर्सनमा टनेल बोरिङ्ग मेशीनबाट सुरुङ्ग खन्ने कार्यक्रमको बुधबार उद्घाटन गर्दै मन्त्री गौतमले सो कुरा बताउनुभएको हो ।

विद्युत उत्पादन गर्ने, सिचाईका लागि सहयोग गर्ने र एउटा वाटर वेशीनको पानीलाई अर्को वाटर वेशीनमा रुपान्तरण समेत गर्ने भएकाले यसको सफलताले देशलाई नयाँ युगमा प्रवेश गराउन सहयोग पुग्ने मन्त्री गौतमले बताउनुभयो ।

राष्ट्रिय गौरबका योजनालाई समयमैं सक्नुपर्छ भनेर यसको शुरुवात गरिएको उहाँको भनाई रहेको थियो । निर्धारित समय भन्दा पनि चाँडै यो आयोजनाको काम सम्पन्न हुनेमा आफु आशावादी रहेको सिचाई मन्त्री गौतमले बताउनुभयो ।

नेपालकै पहिलो अन्तर जलाधार बहुउद्देश्यीय भेरी–बबई डाइभर्सन परियोजनाको सुरुङ खन्ने मेसिन गत भदौ २८ गते बुधबार साँझ निर्माणस्थल सुर्खेतको हात्तिखाल आइपुगेको थियो ।

चीनको संघाईवाट भारतको कलकत्ता बन्दरगाह र रुपइडिहा हुदै मेशीनलाई निर्माण स्थल  हात्तिखाल ल्याइएको हो । मेसिनबाट आयोजनाको १२ किलोमिटर सुरुङ २ बर्षभित्र खनिसक्ने लक्ष्य लिइएको छ । यो परियोजनाबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

१० अर्ब ५६ करोडको राष्ट्रिय गौरबको यो आयोजना सम्पन्न भएपछि ४८ मेघावाट जलविद्युत आयोजना र बाँके तथा बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफलमा १२ महिनै सिचाईं सुविधा हुने छ ।

बबई नदीको किनारबाट सुरुङ खनेर सुर्खेत मैनतडाको चिप्लेबाट भेरीको पानी बबईमा खसालिने छ । आयोजनाको विक्रम संवत ०७१ चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । आयोजना निर्माणको जिम्मा चाइना ओभरसीज कम्पनीले पाएको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com