गोपाल कंडेलको एनआरएनए मध्यपुर्व उपसंयोजकमा उमेद्वारी

Moharaj

लाइट नेपाल- लामो समय युएईमा बसेर गैर आवासीय नेपाली संघ एनआरएनएको बिभिन्न महत्वपूर्ण पदमा रहेर उलेख्य काम गरेर चर्चामा रहेका गोपाल कंडेलले  मध्यपुर्व उपसंयोजकमा  उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालमा गएको भूकम्पको बेला एनआरएन युएईको महासचिव रहेका कंडेलले भूकम्प पिडित नेपालीको राहत उद्दारको लागी युएईमा बसेर त्यहाको  एनआरएनलाई  परिचालन गर्दै युएईबाट ठुलो आर्थिक सहयोग तथा राहत सामाग्री पठाउन दिन रात नभनी खटेका कंडेलले अहिले दश बुदे घोषणापत्र सार्वजनिक गर्दै कंडेलले मध्यपुर्ब उपसंयोजकको उम्मेदवारी घोषणा गरेका हुन् ।

विद्यार्थी राजनीति , समाजसेवाका साथै सन्चार क्षेत्रमा समेत आवद्ध कंडेल सन २००४ मा सामान्य कामदारका रुपमा युएई पुगेका थिए ।

सन २००९ देखि समाजसेवामा सक्रिय हुँदै आएका कंडेल २०११, २०१३ – एनसिसी युएइको सचिव, २०१३, २०१५ एनसिसी युएइको महासचिव र २०१५, २०१७ को कार्यकालको लागि एनसिसी अध्यक्षको प्रत्यासी रहेपनि एनआरएनलाई एकतावद्ध बनाउन आइसिसी सदस्यमा निर्बिरोध निर्वाचित भए ।

सन २०१० मा जिल्लावासीको संगठन बाग्लुङ सेवा समाज युएइको स्थापना गरेर सस्थापक अध्यक्ष भएका कंडेल युएइमा सक्रिय अन्य नेपाली संगठनमा बसेर कुसलतापुर्वक काम गरिसकेका छन् ।

७, ८ बर्ष यतादेखि एनआरएन गतिविधीमा मुख्य भूमिका बहन गर्दै आएका कंडेल खाडी मुलुकमा श्रमिक समस्या हल गर्न निकै सक्रिय छन् । यिनै कुशल समाजसेवी कंडेल मध्यपुर्व उपसंयोजकमा बिजयी हुदाँ खाडी  राष्ट्मा नेपालीले भोगेका समस्या समाधान गर्न उल्लेख भूमिका निर्वाह गर्नेमा दुईमत छैन  ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com