सुजन के.सीदुवारा गैरआवसीय नेपाली संघको मध्यपुर्व सहसंयोजकमा उम्मेदवारी

Rudra

नबराज वि.क – कतार । गैरआवसीय नेपाली संघको ८ औं विश्व सम्मेलनको तयारी नजिकिदै जादा नयाँ नेत्तृत्वका लागी विभिन्न पदहरुमा आकांछी उम्मेदवारहरुको घोषणा गर्ने क्रम आइरहेको बेला एनआरएनए अभियानमा निरन्तर सक्रिय रहदै आएका कुबेतका जागरुक युवा सुजन के.सी द्धारा मध्यपुर्व सह–संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको स्थापना देखि नै नेपाली समुदायको हितमा आफु लाई समर्पित गर्दै आईरहेका के.सी २००९ देखी २०११ कार्यकालमा सचिव पदको जिम्मेवारी समाल्दै २०११ देखी २०१३ सम्म महासचिव र २०१३ देखी २०१७ सम्म आईसीसी सदस्यको पुर्ण जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरिकेका छन् । हाल एनसीसी कुवेतको सल्लाहकार समेत रहेका के.सी आफुले सिकेका सिप ज्ञान र क्षमता लाई एनआरएनएको अभियानमा अझ क्रियाशिल हुदै समग्र मध्यपुर्वमा कार्यरत नेपालीहरुको पक्षमा लागी पर्ने बताउदै ११ बुंदे प्रतिबद्धतापत्र सहित अगाडि बढेका छन् । एनआरएनएको बिश्व सम्मेलन यहि आउदो अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा हुदैछ ।

 

सुजन के.सी द्धारा प्रतिबद्धता गरिएका बुदाहरु निन्म छन्

१, एनसीसी कुवेत र मध्यपूर्व एनसीसीका कार्यक्रमहरुलाई प्रमोट गर्न आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने ।
२, मध्यपूर्वका समग्र समस्याहरुलाई पहिचान गरी केन्द्रिय समिति समेत सहयोग जुटाएर काम गर्ने
३, नेपाल सरकार र सरकारी कार्यलयहरुबाट सम्वोधन गरिने कार्यक्रमलाई आफ्नो तर्फबाट भरपुर योगदान रहने ।
४, कुवेत लगायत सिधा हवाई सम्पर्क नेपालसंग नभएका मुलुकहरुलाई सिधा हवाई सम्पर्क बनाउन कुटनितीक नियोग मार्फत दवाब दिने ।
५, खाडी मुलुकहरुमा काम गर्ने नेपालीहरुको राजनैतिक मताधिकारको लागि प्रयास जारी राख्ने ।
६, कामदारहरुको बिमा तथा क्षतिपूर्ति उनीहरुको कानूनी समस्याहरुलाई प्रभावकारी रुपमा हल गर्न सम्बन्धित देशका एनसीसीसंग मिलेर काम गर्ने ।
७, नेपालमा उत्पादन मूलक कामहरुमा खाडीका मजदुरहरुको सामुहिक लगानीका लागि नेपाल सरकार र सम्बन्धित निकायहरु सहकार्य र समन्वय गर्ने ।
८, केन्द्रिय समितिका निर्देशन र कार्ययोजनालाई ईमानदार प्रयासका साथ अगाडी बढाउने ।
९, खाडीका बिभिन्न देशमा श्रम सम्झौता नभएको हकमा श्रम सम्झौताको लागि पहल गर्ने र भएका देशहरुमा एनसीसीको सहयोगमा अनुगमन गर्ने परिपाटीको निती बसाल्ने ।
१०, सुरक्षित रोजगार र कामदारको सम्मानको लागि अन्तरक्रियात्मक र रचनात्मक सुझाव संकलन गरेर कार्य योजना बनाउने ।
११, सबै देशमा रहेका नेपाली नियोगसंग समन्वय गरी नेपालको पर्यटन र नेपाली उत्पादनको निर्यात ब्यापारको लागि भूमिका खेल्ने ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com