युवा कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य सम्मान

दिनेश खड्का (खप्तडी)

काठमाडौं, असोज १९ – साहित्यिक पत्रकारितामा क्रियाशिल नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई पद्मश्री साधना सम्मान तथा युवा कवि नवराज पराजुलीलाई पद्मश्री साहित्य सम्मान प्रदान गरिएको छ।

बिहीवार एक कार्यक्रमको आयोजना गरी खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उनीहरुलाई यस वर्षको पद्मश्री साधान र पद्मश्री साहित्य सम्मान प्रदान गरेको हो । २०६७ देखि प्रदान गर्न थालिएको यो पुरस्कारको राशी २ लाख रहेको छ।यस अघि राष्ट्रकवि मावधप्रसाद घिमिरे, आख्यानकार मनदमणि दीक्षित, साहित्यकार सत्यमोहन जोशी, साहित्यकार ध्रुवचन्द्र गौतम, कलकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कवि वैरागी काइँलालाई पद्मश्री साधना सम्मान प्रदान गरिएको थियो।त्यस्तै ‘सगरमाथाको गहिराइ’ कविता कृतिका लागि युवा कवि पराजुलीलाई पद्मश्री साहित्य सम्मान प्रदान गरिएको हो।

 

 

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com