कोरियाले माग्यो अध्यागमन नीतिबारे आप्रवासी कामदारको सुझाव

rupani

असोज २० कोरियाले अध्यागमन नीतिबारे आप्रवासी कामदारको सुझाव मागेको छ । सन् २०१८ देखि लागु हुने अध्यागमन कार्यनीति निर्माणका लागि कोरियामा कार्यरत आप्रवासीको कामदारको सुझाव मागेको हो ।

न्याय मन्त्रालयका अनुसार विदेशी कामदारले आउँदो ओक्टोवर ३१ सम्म ई–पिपुल साइट र मन्त्रालयको वेबसाइटमार्फत सुझाब दिन सक्ने छन् ।

यस्तै कोरियामा रहेका १६ वटा अध्यागमन सहयोग केन्द्रमा गएर पनि सुझाव दिन सकिने कोरियाका प्रवासी मजदुर संगठन कोरियाका प्रचार प्रसार विभाग प्रमुख मधुसुदन ओझाले जानकारी दिनुभयो ।

सन् २०१८ देखी २०२२ सम्मको अध्यागमन नीति कोरियाले थप मानव अधिकारमैत्री बनाउने सरकारको लक्ष रहेको बताएको छ । भिसा प्रणालीदेखि कोरियाली समाजमा आप्रवासीको एकिकरण सम्मका मुद्दा समेट्ने र विदेशी सम्बन्धि नीतिमा २००८ बाट हरेक पाँच वर्षमा संशोधन हुने प्रावधान रहेको छ ।

कोरियामा बस्ने विदेशीको संख्या २०१६ को अन्त्य सम्ममा २.०४ मिलियन पुगेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com