सुत्केरी गराउने क्रममा बच्चाको मृत्युपछि आफन्तद्धारा चिकित्सक र स्वास्थ्यकर्मी माथि आक्रमण, विरोधमा महाकाली अस्पतालमा आकस्मिक वाहेक सवै सेवा बन्द

Srijana

महेन्द्रनगर, २२ असोज । महाकाली अञ्चल अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा आइतवारवाट बन्द भएको छ । चिकित्सक र स्वास्थ्यकर्मी माथि भएको आक्रमणको विरोधमा अस्पताल बन्द भएको हो । सुत्केरी वार्डमा पनि तोडफोड भएको छ । महिलालाई सुत्केरी बनाउने क्रममा बच्चाको मृत्युभएपछि आक्रोसित ब्यक्तिले अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मी र चिकित्सकमाथि दुब्र्यवहार गरेका थिए ।

शनिबार बेलुका अस्पतालमा सुत्केरी हुन आएकी भीमदत्त नगरपालिका १ बारकुन्डाकी एक महिलाले बच्चा जन्माउने क्रममा बच्चाको मृत्यु भएको
थियो । चिकित्सकको लापरबाहीका कारणले बच्चाको मृत्यु भएको भन्दै आफन्तहरु आक्रोशित भएका हुन् । चिकिस्कहरुले भने उपचारमा कुनै लापरवाही नभएको बताएका छन् ।

बच्चा जन्मनेक्रममा पाठेघरमा अड्किएपछि चिकित्सकले भ्याकुम लगाएर बच्चा जन्माउने प्रयास गरेका थिए । भ्याकुम लगाएर बच्चा बाहिर निकालेपछि चेकजांच गर्दा मृत्यु भइसकेको अवस्थामा रहेको चिकित्सकले बताएका छन् ।

उनका अनुसार बच्चाको टाउको बर्थिङ क्यानलमा अड्किएपछि बच्चाले दिशा गरेको र सोही दिशा नाक, मुख हुदै फोक्सो सम्म पुगेकाले बच्चाको मृत्यु भएको हुन सक्ने चिकित्सकको भनाई छ । यता महिलाका आफन्तले भने सुत्केरी ब्यथा लागेपछि चिकित्सकले चेकजांच गर्दा बच्चाको अवस्था सामान्य रहेको बताएको जानकारी दिइन् । उनीहरुले सामान्य अवस्थामा रहेको बच्चा चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आफन्तको आरोप छ ।

बच्चाको मृत्यु भएपछि बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सक डा. सत्य कोइरालामाथि हातपातको प्रयास गरेका थिए । सो क्रममा ड्यिटीमा खटिएका प्रहरीका जवान प्रतासिंह बोहराको समेत टाउकोमा चोट लागेको छ । बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि नै आक्रमण भएकाले सुरक्षाको प्रत्याभुती नहुंदा सम्म अस्पतालमा आकस्मिक वाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् । प्रहरीले आक्रमण र तोडफोडमा संलग्न रहेको भन्दै ५ जना बिरामीका आफन्तलाई पक्राउ गरेको छ ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com