बस र ट्रक एकआपसमा ठोक्किंदा १ को मृत्‍यु ११ घाइते, तस्बिर सहित :-

ratan

रतन,काठमान्डौं २४ गते । दाङको देउखुरीमा गयराती बस दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ११ जना यात्रु गम्भिर घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार पश्चिमबाट पुर्व जादै गरेको बस र पुर्वबाट पश्चिम जाँदै गरेको ट्रक एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । बर्दियाबाट काठमाडौं गइरहेको ना.४ख ७४५९ नम्बरको यात्रुबहाक बस र लु २ ख २६५ नम्वरको ट्रक लमही नगरपालीका वडा नं ८ सतवरीयामा ठोक्कीएका हुन् । दुर्घटनामा परेर बसमा सवार राजापुर नगरपालिका वडा नम्बर १० निवासी रामकृष्ण चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना परी ११ जना गम्भिर घाइते भएका छन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com