आयुर्वेद विभाग संकटमा, निःशुल्क वितरण गरिने ६८ वटा औषधि हटाउन विभाग बाध्य

rupani

काठमाण्डौ २४ असोज । नेपालमा जडिबुटि प्रचुर मात्रामा भेटिएपनि त्यसको सही उत्पादनमा भने त्यति ध्यान दिईएको पाईदैन । अनेकौं जडिबुटिको श्रोतको रुपमा नेपाललाई चिनिएपनि आयुर्बेदको बजार र व्यापार भने एलोपेथिकको तुलनामा ज्यादै नै कम भएको मान्न सकिन्छ ।

पछिल्ला केही वर्षहरुमा आयुर्बेदिकको सङ्ख्यामा पतिशतका हिसाबले केही वृद्धि भएको देखिन्छ । यस विषयमा विभागका वरिष्ठ आयुर्वेद चिकित्सक डा. मनुकर्ण थापाले वार्षिक रूपमा १५ देखि २० पतिशत वृद्धि भएको बताए ।

वि.सं २०३८ सालमा स्थापना भएको आयुर्वेदिक विभागले २४ वर्षसम्म त कर्मचारीको तलब भत्तामा मात्रै समय खर्चियो ।
त्यसपछि ०६४ देखि सामान्य जनचेनताको कार्यक्रमहरु सञ्चालन गर्न शुरु गर्यो ।

हालसम्म आयुर्बेद विभागले बाथ, नसर्ने रोगहरू ब्लड पेसर, उच्च रक्तचाप र मधुमेह रोगको उपचारका लागि गाउँघरमा क्लिनिकका रूपमा सबै जिल्लामा सञ्चालन गर्दै आइरहेको छ ।

आयुर्बेदिकमा भन्दा एलोपेथिकमा बिरामीले बढी विश्वास गर्नुको कारण सरकारले आयुर्बेदिकको प्रबद्र्धनमा ध्यान नदिनु पनि हो । नेपाल सरकारको केही सहयोग र आफ्नै बलबुतामा आयुर्वेदलाई चलाउँदै आएको विभागले नागरिकका लागि ९१ वटा आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको थियो ।

पछिल्लो समयमा विभाग आफैलाई आयुर्वेद सञ्चानकालागि हम्मे पर्न थालेपछि यो आर्थिक वर्ष ९१ देखि २३ वटामा झारेको छ । विभागले ६८ वटा औषधि हटाएको छ । धेरैथरीको औषधि राख्दा निरन्तरता नपाइने कारणले उक्त औषधिको संख्या हटाउनु पर्ने विभागले जनाएको छ । आयुर्वेदलाई निरन्तरता दिनकैलागि नियमित औषधि राख्ने लक्ष्य स्वारूप औषधि घटाएको विभागको भनाइ छ ।

आगामि दिनहरुमा आयुर्वेदिक तर्फ बिरामीको ध्यान जाओस् भन्नकालागि १६ प्रकारको रोगको निम्ति २३ वटा नियमित पाइने औषधि राख्ने तयारी गरेको आयुर्वेदिक विभागको जनाएको छ । निःशुल्क रूपमा दिने आयुर्वेदिक औषधि विपन्न र सम्पन्न दुवै नागरिकका लागि दिँदै आएको छ ।

बिरामीकालागि २३ वटा औषधि वितरणको काम सुरु गरेपछि विभागदेखि जिल्लासम्म २३ वटा औषधि अनिवार्य रूपमा राखिने व्यवस्था गरिने छ । २३ वटा औषधि स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको छ ।

स्वीकृत भएको खण्डमा अमल पित्ता, बाथ, पेटसम्बन्धी रोगलगायत १६ वटा रोगेको २३ वटा निःशुल्क औषधि वितरण गरिने छ ।

गत वर्ष ८ करोड आयुर्वेदिक क्षेत्रमा बजेट विनियोजन गरिएको थियो । यो वर्ष भने १२ करोड विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेटको आकार बढाए पनि आयुर्वेदिक क्षेत्रमा कुनै पनि विकास भने हुन सकेको छैन ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com