बाँकेमा बस दुर्घटना, ३ जनाको ज्यान गयो, १० घाइते

rupani

बाँके २४ असोज । बाँकेको राप्तीसोनारी गााउपालिका वडा नम्वर १ चप्परगौडीमा मंगलबार यात्रुबाहक बसदुर्घटना भएको छ । बस खोलामा खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जनाको मृत्यू भएको छ भने १० जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट कैलालीको धनगढीतर्फ जादै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबाहक बस पुलबाट तल खोलामा खसेको इप्रका कोहलपुरका प्रहरी निरिक्षक नवराज पोखरेलले जानकारी दिए । प्रहरी निरिक्षक पोखरेलका अनुसार मृतक तथा घाइतेहरुकको नाम, ठेगाना खुल्न सकेको छैन् ।

दुर्घटनामापरि घाईते १० जनाको कोहलपुर मेडिकल केलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाईतेहरुलाई नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्वार गरेका हुन् ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com