अहिलेसम्म कांग्रेस र इमान भन्ने कुराको कहीं भेट भएको मैले देखेको छैन: कांग्रेसलाई ओलीको झटारो (भिडियो)

लाइटनेपालडटकम

कान्तिपुर टेलिभिजनको फायर साइडमा नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले वामपन्थी गठबन्धन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमका बारेमा कार्यक्रम प्रस्तोता भुषण दाहाललाई दिएको अन्तर्वार्तामा ओलीले राखका बिचारहरु यस्ता छन् :-

बाम गठबन्धन देशको आबश्यकता हो , अब देशलाई बिकाश र सम्बृद्धिको बाटोमा एमालेको नेतृत्वमा निर्माण हुने बाम शक्तिले मात्रै नयाँ दिशा दिन सक्छ र देशको स्वाभिमान ,एकता ,अखण्डता सार्वभौम सत्ता जोगाउन जनताहरुले पनि अब एमालेलाई नै जिताउनु पर्छ ।

कांग्रेसले देशमा परिवर्तनको नेतृत्व गरे पनि देशलाई कहिले पनि सहि दिशा दिन सकेन तर भ्रष्टाचार र राष्ट्रघातको आहालमा यो देशलाई यति डुबाएको छ कि भनेर साध्य छैन ”नेपाली कांग्रेस र इमान भन्ने कुराको कहीं भेट भएको देखेको छैन मैले ”भन्दै ओलीलेले कंग्रेसको तिखो आलोचना गरे ।

वर्तमान मन्त्रिपरिषदबाट प्रधानमन्त्री देउवाले माओबादीको मन्त्रिहरुलाई हटाउन नसक्ने जीकर गरेका छन् । संसदको म्याद सकिने बेला भएको र निर्वाचन आयोगले पनि पटक पटक मन्त्रिपरिषद् विस्तार र फेरबदल नगर्न निर्देशन दिएको जनाउँदै मन्त्रिपरिषद् थपघट गर्न नमिल्ने र ‘निर्वाचन आयोगले पटक पटक मन्त्रिपरिषद् विस्तार र फेबदल रोक भनेको छ’ ओलीको भनाई थियो, ‘मन्त्री थप्ने वा पुनर्गठन गर्ने काम यो सरकारले गर्न पाउँदैन ।’

वाम गठबन्धनमा कुनै पनि छिमेकीको सहयोग नरहेको ओलीको भनाई ।

केपी ओलीले दिएको चोटिलो जवाफले भुषण दाहाललाई नै थप प्रश्न सोध्न हम्मे हम्मे परेको देखिन्छ , हेर्नुस ओलीको बेजोड राजनैतिक सम्बाद !

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com