ओलीको राष्ट्रवादलाई कमजोर बनाउदै र भारतीय लबिलाई दह्रो बनाउन माओबादी र एमाले बीच एकता (भिडियो)

लाइटनेपालडटकम

एमाले नेता राधाकृष्ण मैनालीको खुलासा र बाम एकताको भविष्यबारे बिचारोत्तेजक वार्ता

लगभग ७० बर्षको इतिहास भएको नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १0/१२ बर्ष सम्म एकै थियो तर त्यसपछि नेपाल कम्युनिष्ट आन्दोलन बिभिन्न चिरामा परेर गुट उपगुट हुदै नेपालको राजनीतिमा क्रियाशील छ । समयले प्रवाहले जुन बेला जुन दल ठुलो हुन्छ तेसैले आफुलाई कम्युनिष्टहरुको मूल धार दावी गर्दै आएको छ ।

यसै परिबेशमा लगभग ५० बर्ष पछि देशको राजनीतिलाई नै तरंगित बनाउदै एमाले र माओबादी केन्द्र बीच एकता हुने सहमति सार्बजनिक भएको छ र सिंगो देशको राजनीतिक तापक्रम यसैमा केन्द्रित छ ।

यो एकताको आकस्मिकताबारे बिभिन्न ब्यक्तिहरुको आआफ्नु विचार रहेको छ । यसैक्रममा एमालेका नेता राधाकृष्ण मैनालीले एमाले भित्रको भारतीय लबिलाई सर्वाधिक दह्रो बनाउनको लागि माओबादी र एमाले बीच एकता अभियान थालिएको हो जसले एमालेलाई कति कम्जोर बनाउछ र कहाँ लगेर जाक्छ यसै भन्न सकिन्न भन्दै एमाले र माओबादी एकताकोबारेमा आफ्नु धारणा राखेका छन् ।

ओलीको राष्ट्रबादी धारलाई कमजोर बनाउनको लागि एमाले भित्रका सबै भन्दा भारतपरस्त नेता माधवकुमार नेपालले यो एकतालाई मलजल गरेको जसमा एमालेका अधक्ष्य केपी ओली फसेको आरोप लगाएका छन् ।

तत्कालिन राजा ज्ञानेन्द्रको पालोमा आफ्नु मन्त्रि हुदाको अनुभव स्मरण गर्दै नेता मैनाली भन्छन ” भारतले बिभिन्न च्यानल परिचालन गरेर आफ्नु फाइदाको लागि वाम एकता गराएको हो जुन कालान्तरमा भारतको हितमा नै काम गर्ने छ या भारतको हितमा काम गर्न नसके वाम एकताबाट निर्मित उक्त दल टुक्रिने र राष्ट्रबादी धार कम्जोर हुने छ ।”

शाही सरकारमा मन्त्रि हुदा भारतले राजतन्त्र मास्नु माओबादीलाई उचाल्यो , दलहरुलाई तह लगाउन राजालाइ उचाल्यो , अनि राजालाई दवाब दिन कांग्रेस एमाले लगायत दलहरुलाई बिभिन्न च्यानलबाट उचाल्ने काम गरे जस्तै यो बाम एकतामा भारत नदेखिए पनि भारतको भूमिका छैन भनेर अस्विकार गर्ने अवस्था नरहेको दावी मैनालीको छ ।

केहि दिन अघि सम्म आरोप प्रयारोपमा छुरा जस्ता शब्दहरु प्रयोग गर्ने ओली र प्रचण्ड बिचको मिलन अनि मधेशको सबै भन्दा ठुलो बिरोधि भनिएको ओलीसंग बाबुराम भट्टराई र हृदयश त्रिपाठीले एमाले कै चुनाव चिन्ह लिएर जाने यो कस्तो रहस्मय गठबन्धन हो ? भन्दै प्रति प्रश्न उठाएका छन् मैनालीले तर वाम एकताले सकारात्मक मोड लिएमा देशमा स्थायीत्वको राजनीति पनि शुरु हुनसक्छ तर त्यो चान्स धेरै कम रहेको जीकर गरेका छन् मैनालीले ।

माओबादी र एमालेको गठबन्धनलाई धर्म निरिपेक्षको वकालत गर्ने समुहहरुको बिचको एकता पनि हो भन्दै नेता मैनालीले धर्म निरिपेक्षको सन्दर्भमा युरोप , अमेरिका र भारतको इसाई कर्मचारीतन्त्रले पनि अप्रतक्ष्य तर बलियो भूमिका खेलेको संकेत गर्दछन ।

यी कुराहरु नेता मैनालीले एपिवान टिभीको बहुचर्चित कार्यक्रम तमसोमा ज्योतिर्गमयमा प्रस्तोता टिकाराम यात्रीसंगको राजनैतिक सम्बादमा ब्यक्त गरेका हुन् ।

बाम एकताको भविष्यबारे बिचारोत्तेजक वार्ता हेर्न तलको लिंकमा क्लिक गर्नुस

CLICK HERE TO WATCH RADHAKRISHNA MAINALI’s INTERVIEW

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com