विश्वकै शक्ति राष्ट्र अमेरिका विश्वकपमा छनौट हुन नसक्दा विश्वकपमा छनौट भएर पानामाले बनायो इतिहास

लाइट नेपाल

काठमाडौं, २५ असोज । पानामा आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामाले रुस यात्रा पक्का गरेको हो ।

यसअघि नै छनौट भएको कोस्टारिकालाई हराउने क्रममा पानामाका लागि दुवै गोल रोमन टोरेसले गरे । उनले ५२ र ८८ औं मिनेटमा गोल गरेका हुन् ।

कोस्टारिकाका लागि ३६ औं मिनेटमा भेनेगासले गोल गरेका थिए । पानामा विश्वकपमा पहिलोपटक छनौट भएको हो । यस्तै मेक्सिकोलाई ३–२ ले हराएको होण्डुरसले प्ले–अफमा स्थान बनाएको छ । मेक्सिको यसअघि नै छनौट भइसकेको छ ।

होण्डुरसले अब विश्वकपमा स्थान बनाउका लागि अस्ट्रेलियासँग दुई लेगको प्ले–अफ खेल्नेछ । तर ट्रिनिडाड एण्ड टोबागोसँग २–१ ले पराजित भएको अमेरिकाले भने विश्वकपमा स्थान बनाउन सकेन ।

Advertisements
© 2016 लाइट नेपाल मिडिया प्रा.लि.
Designed by appharu.com